Homeजापान विशेष

जापान विशेष

जापानको साईतामामा बाग्लुङ जिल्ला काठेखोला घर भएका निलकन्ठ कंडेलको हृदयघातका कारण ४१ बर्षको उमेरमा मृत्यू  

टोकियो  परिवार सहित जापानको साईतामा तोकोरोजावामा बस्ने निलकन्ठ कडेलको आईतबार विहान हृदयघात भई मृत्यू भएको छ ।  जापानमा जुन महिनाको दोश्रो हप्तामा कडेल सहित तिन जना नेपालीको मृत्यू हुन पुगेको हो ।  श्रीमती  १९ र १७ बर्षका दुई छोरीहरु सहित जापानको साईतामा बस्दै आएका कडेलको आईतबार विहान घरमा नै बेहोस भएपछि ४१बर्षमा नै मृत्यू हुन पुगेको छ । कडेलको १४ बर्षका छोरा भने नेपालमा नै रहेको बिहुकोट समाज जापानका अध्यक्ष घनस्याम कंडेललेनिष्पक्ष न्यूजलाई जानकारी दिएका छन ।  बाग्लुङ जिल्ला काठेखोला - ६ बिहुँ हटिया ठेगाना भएका कडेल कुक भिषामा बिगत ९ बर्षदेखि कार्यरत रहेका थिए । परिवारले दिएको जानकारी अनुसार सोमबार २: ३० बजे मृतक कडेलको अन्येष्टी टोकियोको गोतान्दामा हुने भएको छ भने काजक्रियाका लागि सबै परिवार नेपाल जाने बताईएको छ । 

जापानको टोकियोमा दूखद घटना, ४९ बर्षिय पुरुष लिए अप्रिय निर्णय  

टोकियो डेढ दशक कामदार (कुक) भिषामा जापानको टोकियोमा कार्यरत स्याङजा घर भएका भन्डारी थरका पुरुषले आफ्नो मृत्यू आफै रोजेकोअनुमान गरिएको छ । परिवार सहित टोकियोको खाचुसिका वार्डमा बस्ने भन्डारी थरका पुरुषले विहिबार विहान ८ तल्लाबाट हाम फालेको अनुमान गरिएको छ। प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार (सरकारीले प्रदान गर्ने सहुलियत घर दान्ची) को आठौ तल्लबाट हाम फालेका पुरुषको शवप्रहरीले थप छानविनका लागि लगेको छ । लामो जापान बसाई सहित पाको उमेरमा उक्त पुरुषले किन यस्तो कठोर निर्णय गरे त्यसका बारेमा अझै प्रष्ट हुन सकेको छैन ।  यसै हप्ता नागोयामा पनि एक नेपाली बिद्यार्थीले आफ्नो मृत्यू आफै रोजेका थिए ।

सधैका लागि जापानको आकाशमा नै विलिन भए चितवनका २६ बर्षिय दुर्गा बहादुर बिक 

टोकियो  बिद्यार्थी भिषामा नागोया स्थित ESL जापानिज भाषा स्कूलमा आएका चितवानका दुर्गा बहादुर विकको आज नागोयामा अन्तेष्टी सम्पन्नभएको छ । जापान आएको दुईहप्ता पनि नहुदै आफनो मृत्यू आफै रोजेका बिकको आज विहान ११: ३० बजे अन्तेष्टी गरिएको एनआरएनआईसिसिका सदस्य दिपक कार्कीले जानकारी दिएका छन ।  बिकको अन्तेष्टीमा एनआरएन आईसिसि सदस्य दिपक कार्कि, एनआरएन जापानका उपाध्यक्ष राजकुमार अधिकारी, सचिव स्यामशितल, नागोया संयोजक मनोज बम मल्ल, बिकका साथिहरु सहित बिक अध्ययन गर्ने स्कूलका शिक्षकहरुको उपस्थितीमा शोक सभासम्पन्न भएको थियो ।  नेपाली संचालक शिवराम खडकाले संचालन गरेको होस्टेलमा पांच जना साथिहरु सगै बस्ने बिक, कोठाको बाथरुममा घाटीमा डोरीलेबेरीएको अवस्थामा भेटिएका थिए । बिकको पोष्टमार्टम रिपोर्टमा आफनो मृ्त्यू आफैले रोजेको रिपोर्ट प्रहरीले आफन्तलाई दिएको छ ।बिकले किन यति कठोर र अप्रिय निर्णय गर्न पुगे यो भने स्पष्ट हुन सकेको छैन ।  चितवन जिल्ला राप्ती नगरपालिका बस्ने जित बहादुर बिक र चन्द्र कुमारी विकका साहिला छोरा २६ बर्षिय दुर्गा बहादुर बिकको जन्मभनेदोलखाको ध्यैङसुकटोकरमा भएको हो । दुई दाई एक भाई र एक वहिनी सहितको पाच सन्तान रहेको बिक परिवारमा यो घटना सुनेपछि स्तब्ध हुन पुगेका छन ।  आएको दुई हप्ता पनि नहुदै सबैसग मिल्ने हासखेल गर्ने स्वाभावका बिकले गरेको अप्रिय निर्णयले जापानमा रहेको नेपाली समुदयचिन्तित बनेको छ । 

जापानको होक्काईदोस्थित चितोसे रेलस्टेशनको लकरमा बच्चाको शव भेटियो, प्रहरीद्वारा अनुसन्धान शुरु

टोकियो सोमबार बिहान होक्काईदोस्थित जेआर चितोसे स्टेशनको क्वाईन लकर भित्र बच्चाको शव फेला परेको छ । आज बिहान करिब ८:३० बजे, चितोसे सहरको जेआर चितोसे...

टोकियोमा ‘कबड्डी ४’ हेर्न दर्शकको ओईरो

सचिन आचार्य टोकियो नेपाली चलचित्र 'कबड्डी ४ ले टोकियोमा नयॅा रेकर्ड कायम गर्न सफल भएको छ । दयाहांग राई, सौगात मल्ल, बुद्धि तामांग, मिरूना मगरलगायत चर्चित...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने