टोकियो
सोमबार बिहान होक्काईदोस्थित जेआर चितोसे स्टेशनको क्वाईन लकर भित्र बच्चाको शव फेला परेको छ ।
आज बिहान करिब ८:३० बजे, चितोसे सहरको जेआर चितोसे ट्रेम स्टेशनमा कुहेको गन्ध आएपछि सरसफाई कम्पनीले नजिकैको प्रहरीलाई खबर गरेका थिए । जब प्रहरी अधिकारीहरू अनुसन्धान गर्न पुगे, बच्चाको शव स्टेशनको अगाडिको प्रवेशद्वारमा राखिएको क्वाईन लकरमा फेला परेको थियो।प्रहरीका अनुसार शवलाई
क्वाईन लकरमा प्लास्टिकको बक्स भित्र हालेर छाडिएको थियो ।
अहिले प्रहरीले यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको एनएचकेले जनाएको छ ।