टोकियो
नेपालबाट जापानमा परिवार र आफनो सुन्दर भविष्यका लागि जापान आएका एक नेपाली बिद्यार्थीले जापान आएको १० दिनमा नै आत्महत्या गरेका छन ।
नेपाल सुदुरपस्चिम घर भएका बिक थर गरेका युवाले आफनो मृ्यू के कारणले रोजे त्यो भने सगै कोठामा बस्ने साथिहरु सोच्न नसकेको बताईएका छन ।
विकको शवलाई अनुसन्धनका लागि प्रहरीले लगेको छ ।
बिक १० अघि नागोया नाकामुरा किता कु स्थित ESL निहोन गाक्कोमा जापानिज भाषा विद्यार्थीका रुपमा जापान आएका थिए ।
यो धटनाले लामो समय पछि एकै पटक नेपालबाट जापान आईपुगेका नेपाली बिद्यार्थी केन्द्रित कार्यक्रम गर्नु पर्ने जापानमा क्रियासिल संघ सस्थाका अध्यक्षहरुले टिप्पणी गरेका छन ।