Homeमनोरञ्जन

मनोरञ्जन

दिनेश डीसीले सम्हाले चलचित्र विकास बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले कार्यभार सम्हालेका छ्न् । सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका...

कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी– तपाईंहरुले गलत गर्नुभयो, यसको मूल्य चर्को पर्नेछ !

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले संसद्‌मा देखाएको व्यवहार गलत भएको भन्दै यसको मूल्य चर्को पर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले...

सत्य घटनामा आधारित सन्देश मुलक नेपाली चलचित्र ‘सिग्नेचर’ टोकियोमा प्रदर्शन सम्पन्

टोकियो  नेपाली समाजमा लागु औषधका दुब्यसनका कारण युवा पुस्तामा देखिएको समस्या र त्यसले बढिरहेको अपराधलाई युवा पुस्ता माझसचेतना जगाउन निर्माण गरिएको नेपाली चलचित्र ‘सिग्नेचर’ आईतबार जापानको टोकियोमा प्रर्दशन सम्पन्न भएको छ ।  सभ्य सिर्जना प्रा. लि. को व्यानरमा निमार्ण भएको चलचित्र सिग्नेचर जापानको टोकियोभित्र पर्ने शिन ओकोवुमा रहेक‍ो सोलमारी मुराहलमा एनआरएनए जापान, कास्की पोखरा समाज जापान र न्यू आईटि भन्चेर सह-आयोजनामा प्रर्दशन सम्पन्न भएको थियो ।  लागु पर्दाथको सेवनका कारण युवा पिँढीमा देखिने नकरात्मक आचरण र त्यस आचरण अनुसारको क्रियाकलापले निम्त्याउने परिणामलाई कलात्मक तरिकाले चलचित्रमा प्रस्तुत गरिएको चलचित्र सिग्नेचर साँच्चिकै समाज परिवर्तनको आधार बन्नसहयोग पुर्याउने निर्माण गरिएकोले सकरात्मक सन्देश दिने निर्माण पक्षले जानकारी दियो ।  चलचित्र प्रर्दशन अघि सम्पन्न भएको छोटो कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, नेपाल पत्रकार महासंघकानिवर्तमान अध्यक्ष मोहन घले र कोषाध्यक्ष आनन्द कोइराला, कास्की पोखरा जापानका अध्यक्ष सन्देश अधिकारी, अन्तराष्ट्रिय नेपालीसाहित्य समाज जापान च्याप्टरका अध्यक्ष रविन शर्मा, जन सम्पर्क समिति, जापानका कोषाधयक्ष बाबूराम सापकोटा सहित विभिन्नसंघसंस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो।  मिडिया पाट्नरको रूपमा नेपाल जापान डट कम, निस्पक्ष न्यूज र जापान समाचार डट कम रहेका थिए भने सहयोगि संस्थाको रूपमाअन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टर रहेको थियो।  निर्माता सुवेदीको सहभागितामा चलचित्रलाई जापानभरि प्रर्दशन गर्ने सिलसिलामा यस भन्दा अगाडि यामागुची केन र ओसाकामाप्रदर्शन गरिएको थियो। चलचित्र ओस्कार इन्टरनेशनल कलेज, स्कुल फाउण्डेशन र सभ्य सृजना प्रालिका अध्यक्ष समेत रहनुभएकालेखक तथा निर्देशक सागर उद्गमको परिकल्पना, लेखन निर्देशनमा तयार भएको हो। चलचित्रमा चर्चित कलाकारहरु सन्दीप क्षेत्री, विनोद पौडेल, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, प्रज्ञा जोशी, सरितागिरी, जे. बि. डिसी, सुमिना घिमिरे, अमृता थपलिया लगायतका कलाकारहरुले जीवन्त अभिनय गरेका छन। स्वास्थ्य मन्त्रालय अन्तर्गत एनसिएएस्सी अवार्ड अफ एक्सलेन्स प्राप्त  चलचित्रलाई नेपाल सरकारका विभिन्न आठ ओटा मन्त्रालयसहित नेपाल रेडक्रस सोसाइटी, युएनएआडी लगायत संघसंस्थाले अक्नलेज्मेण्ट तथा नैतिक समथर्न गरेको कुरा हामीलाई चलचित्रकानिर्माता प्रकाश सुवेदीले बताए।

प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल 

४ असार, काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन्...

कबड्डी ४ ले बनायो कीर्तिमान : २ करोड ९० लाख ग्रस ओपनिङ 

१४ जेठ, काठमाडौं । ‘कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने