काठमाडौँ । उच्च अदालत बार एशाेसिएशन पाटनको निर्वाचनमा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह (पीपीएलए) का अध्यक्ष पदका उम्मेदवार सेवन्तराज निरौला विजयी भएका छन् ।
अन्तिम मतपरिणामअनुसार निरौलाले १ हजार १५२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का उम्मेदवार देवीप्रसाद रिजालले १२२ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र व्यवसायी मञ्चका उम्मेदवार भेषराज पोखरेलले १९९ मत पाएका छन् ।
अध्यक्ष पदमा निरौला विजयी हुँदा कांग्रेस र रास्वपा निकट उम्मेदवार भने उनको तुलनामा निकै पछाडि परेका छन् ।