जापानको गुन्मा केनमा हत्या भएका लक्ष्मी अधिकारीका हत्याका आरोपी विश्वराज आचार्य निगाताबाट प्रकाउ

लक्ष्मि अधिकारीको शरीर भरि नै चक्कु प्रहार, कोठाबाट चिठी पनि भेटियो

टोकियो

बुधबार राति ११:३० बजे जापानको गुन्मा केन स्थित ईसासाकि शहरमा नेपाल बुटवल घर भएका लक्ष्मि अधिकारी बस्नेतको छुरा हानि हत्या भएको धटनामा हत्यारा भनिएका विश्वराज आचार्यलाई गएराति निगाताबाट प्रकाउ गरिएको छ ।

जापान प्रहरीले दिएको जानकारी अनुसार हत्याका आरोपी आचार्यलाई गाडी सहित निगाता केनको नागाओका सिबाट गएराति प्रकाउ गरेको हो । प्रहरीको सोधपुछमा लक्ष्मिको हत्या आफुले नगरेको बताईएको प्रहरीले जनाएको छ । प्रहरीले आचार्यलाई सोधपुछका लागि थुनामा राखेको छ भने अदालतबाट थप समय माग्ने बताईएको छ ।

हत्याको रात के के भयो ?

बुधबार राति लक्ष्मिका श्रीमान धर्मेन्द्र बिक्रम अधिकारी र उनका साथिहरु सहित सॅाझ रमाईलो गर्दै फेशबुकमा लाईभ गरेपछि विश्वासले धर्मेन्द्रलाई बारम्बार फोन गरेका थिए तर साथिहरुले विस्वास आएपछि लफडा गर्ने भन्दै उनलाई नबोलाएका सहभागि मध्ये एकले निष्पक्ष न्यूजलाई जानकारी दिए ।

रातको करिब १० बजे पनि फेरी विस्वासले फोन गरे त्यो समयमा पनि कसैले फोन नउठाए पछि विस्वास, सापकोटा थरका साथिको गएको बुझिएको छ । सापकोटा थरका साथिले विस्वासको हातमा चक्कु घरबाट नै बोकि आएको पछि बताएका थिए । सापकोटा थरका साथिले करिब ११ बजे चक्कु सहित कम्बिनी जान्छु भनि निस्किएको र करिब ३० मिनेट पछि चक्कु भरी रगत र घाईते भई सापकोटाको घरमा नै फर्किएको र सापकोटाले के भयो यस्तो भन्दा लडाई भयो मेरो केटाहरुसग भनि गाडी लिएर निस्किएको बताईएको उनका साथिले निष्पक्ष न्यूजलाई जानकारी दिएका छन ।

राति ११ बजेपछि लक्ष्मि अधिकारी बस्ने कोठाबाट चिच्याएको एवं लडाई भएको ठुलो आवाज आएपछि नजिकका जापानिज छिमिकिले प्रहरीलाई खबर गरेका थिए । प्रहरीहरु लक्ष्मिको कोठामा आईपुग्दा लक्ष्मि अर्ध वेहोसीको अवस्थामा रगत पक्ष भएर लडेको अवस्थामा प्रहरीले उपचारका लागि हस्पिटल लगेकोमा हस्पिटलले लक्ष्मीको मृत्यु भईसकेको जानकारी दिएको थियो ।

लक्ष्मिको शरिरमा पछाडीबाट एक एवं अगाडीबाट धेरै पटक छुरा प्रहार भएको प्रहरीले जानकारी दिएको छ । लक्ष्मिको मृत्यु अत्याधिक रक्तस्रावका भएको बताईएको छ । विस्तृत पोष्टमार्टम पछि मृत्युको कारण पहिचान हुने जानकारी दिएको छ ।

लक्ष्मिको कोठाबाट चिठि भेटियो

प्रहरीले लक्ष्मीका पति धर्मेन्द्र बिक्रम अधिकारीको नाममा रहेको उक्त कोठालाई सिल गरेर राखेको छ । प्रहरीले बुधबार राति नै लक्ष्मिको हत्या भएको कोठाबाट हतारमा लेखिएको चिठी पनि भेटेको छ । उक्त चिठीमा केहि लाईन मात्रै लेखिएको छ । चिठीमा यो हत्या सापकोटाले गर्दा भएको हो भनि लेखिएको बताईएको छ ।उक्त चिठीमा उलेल्ख भएको सापकोटा को हुन उनी जापानमा नै छन वा नेपालमा छन त्यसका बारेमा केहि उल्लेख गरिएको छैन ।

हत्या पछि प्रहरीको सोधपुछ जारी

लक्ष्मिलाई बुधबार राति करिब १२ बजे हस्पिटल लगेपछि मृत्यु घोषित भएपछि प्रहरीले सिसिटिभि क्यामरा फोरेनसिक छानविन एवं लक्ष्मिको कल डिटेल हेरपछि लक्ष्मिका श्रिमान सहित उनले फोन गरेका साथि एवं शंका लागेका सबैलाई विहिबार दिनभर सोधपुछ गरेको बुझिएकोछ । केहि ब्यक्तिलाई प्रहरीले गुन्मा केन नछाडन भनेको बुझिएको छ ।

विहिबार राति नै आचार्य प्रकाउ परेपछि हत्याको वास्तविकता पत्ता लाग्ने विस्वास गरिएको छ ।

धर्मन्द्र बिक्रम अधिकारीको डिपेन्डन्ट भिषामा रहेका लक्ष्मिको १७ बर्षिय एक छोरा नेपालमा नै रहेका छन भने हत्यारा भनिएका विस्वास आचार्यको पनि कुक भिषामा रहेको बुझिएको छ ।

ताजा समाचार