टोकियो
डेढ दशक कामदार (कुक) भिषामा जापानको टोकियोमा कार्यरत स्याङजा घर भएका भन्डारी थरका पुरुषले आफ्नो मृत्यू आफै रोजेकोअनुमान गरिएको छ ।
परिवार सहित टोकियोको खाचुसिका वार्डमा बस्ने भन्डारी थरका पुरुषले विहिबार विहान ८ तल्लाबाट हाम फालेको अनुमान गरिएको छ।
प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार (सरकारीले प्रदान गर्ने सहुलियत घर दान्ची) को आठौ तल्लबाट हाम फालेका पुरुषको शवप्रहरीले थप छानविनका लागि लगेको छ ।
लामो जापान बसाई सहित पाको उमेरमा उक्त पुरुषले किन यस्तो कठोर निर्णय गरे त्यसका बारेमा अझै प्रष्ट हुन सकेको छैन ।
यसै हप्ता नागोयामा पनि एक नेपाली बिद्यार्थीले आफ्नो मृत्यू आफै रोजेका थिए ।