टोकियोमा ‘कबड्डी ४’ हेर्न दर्शकको ओईरो

सचिन आचार्य

टोकियो

नेपाली चलचित्र ‘कबड्डी ४ ले टोकियोमा नयॅा रेकर्ड कायम गर्न सफल भएको छ ।

दयाहांग राई, सौगात मल्ल, बुद्धि तामांग, मिरूना मगरलगायत चर्चित कलाकारहरुको अभिनय रहेको चलचित्र ‘कबड्डी ४ हेर्न आईतबार टोकियोको नाकोनो वार्डमा रहेको नाकानो जिरो हलमा दर्शकको ओईरो लागेको हो ।

१ हजार ३ सय सिट संख्या रहेको हलमा सिट संख्याभन्दा करिब २ हजार दर्शकको उपस्थती भएपछि आयोजकलाई चलचित्र शुरु गर्न नै हम्मे हम्ने परेको थियो । उपस्थित केही दर्शकले आयोजकको व्यवस्थापनप्रति गुनासो समेत गरेभने केहि दर्शकलाई टिकटको रकम फिर्ता गर्न परेको आयोजकले जानकारी दिएका छन ।

टोकियोमा पहिलो पटक भुईंमै बसेर र उभिएरै चलचित्र हेरे। सोचे भन्दा बढी दर्शक हलमा आईदिएपछि आयोजक र हल ब्यवस्थापनले समयमा चलचित्र देखाउन सकेका थिएनन ।

‘कबड्डी चलचित्रको सिरिज निर्देशक रामबाबु गुरुङले गरेका हुन ।

ताजा समाचार