सधैका लागि जापानको आकाशमा नै विलिन भए चितवनका २६ बर्षिय दुर्गा बहादुर बिक 

टोकियो 

बिद्यार्थी भिषामा नागोया स्थित ESL जापानिज भाषा स्कूलमा आएका चितवानका दुर्गा बहादुर विकको आज नागोयामा अन्तेष्टी सम्पन्नभएको छ ।

जापान आएको दुईहप्ता पनि नहुदै आफनो मृत्यू आफै रोजेका बिकको आज विहान ११: ३० बजे अन्तेष्टी गरिएको एनआरएनआईसिसिका सदस्य दिपक कार्कीले जानकारी दिएका छन । 

बिकको अन्तेष्टीमा एनआरएन आईसिसि सदस्य दिपक कार्कि, एनआरएन जापानका उपाध्यक्ष राजकुमार अधिकारी, सचिव स्यामशितल, नागोया संयोजक मनोज बम मल्ल, बिकका साथिहरु सहित बिक अध्ययन गर्ने स्कूलका शिक्षकहरुको उपस्थितीमा शोक सभासम्पन्न भएको थियो । 

नेपाली संचालक शिवराम खडकाले संचालन गरेको होस्टेलमा पांच जना साथिहरु सगै बस्ने बिक, कोठाको बाथरुममा घाटीमा डोरीलेबेरीएको अवस्थामा भेटिएका थिए । बिकको पोष्टमार्टम रिपोर्टमा आफनो मृ्त्यू आफैले रोजेको रिपोर्ट प्रहरीले आफन्तलाई दिएको छ ।बिकले किन यति कठोर र अप्रिय निर्णय गर्न पुगे यो भने स्पष्ट हुन सकेको छैन । 

चितवन जिल्ला राप्ती नगरपालिका बस्ने जित बहादुर बिक र चन्द्र कुमारी विकका साहिला छोरा २६ बर्षिय दुर्गा बहादुर बिकको जन्मभनेदोलखाको ध्यैङसुकटोकरमा भएको हो । दुई दाई एक भाई र एक वहिनी सहितको पाच सन्तान रहेको बिक परिवारमा यो घटना सुनेपछि स्तब्ध हुन पुगेका छन । 

आएको दुई हप्ता पनि नहुदै सबैसग मिल्ने हासखेल गर्ने स्वाभावका बिकले गरेको अप्रिय निर्णयले जापानमा रहेको नेपाली समुदयचिन्तित बनेको छ । 

ताजा समाचार