Homeजापान विशेष

जापान विशेष

जापानको सिन्जुकू सिटिमा नवलपरासीका लक्ष्मी केसीले परिवारलाई आशुमा डुबाउदै आफैले मृत्यू रोजिन 

टोकियो  नेपालीहरुको बाक्लो बसोबास रहेको जापानको टोकियो स्थित सिन्जुकु सिटिमा नवलपरासी मध्यबिन्दु नगरपालिका १४ घर भएका २७बर्षिय लक्ष्मि केसीको मूत्यू भएको छ ।  दिदि भिनाजुसगै सिन्जुकु सिटि स्थित सिनओकुबूमा नेपाली घर उपमा पाएको मेन्सनमा  बस्ने केसीले आफैले मृत्यू रोजेको अवस्थामाभेटिएको थियो । बिद्यार्थी भिषामा जापान प्रवेश गरेका केसीले बिद्यार्थी जिवन सकी कम्पनीमा कामदारका रुपमा भिषा परिवर्तन गरेका थिए । नयॅा जिवनशुरुवात गर्ने योजना बनाएका २७ बर्षिय लक्ष्मीले के कति कारणले यस्तो अप्रिय निर्णय लिन बाध्य भईन यसको भरपर्दा उत्तर पाउननसकिएको उनका नजिकका आफन्तले बताएका छन ।  केसीको शवलाई अनुसन्धानका लागि जापान प्रहरीले लगेको छ । जापानमा रहेको केसीका आफन्तले दिएको जानकारी अनुसारबुधबार सम्म पोष्टमार्टम रिपोर्ट आउने र मृत्यूको कारण पत्ता लाग्ने जानकारी दिएका छन ।  केसीको मूत्यूको खबर पछि परिवार शोकमा  आफनै कोठामा मृत्यू अवस्थामा भेटिएकी केसीको मृत्यूको खबरले नवलपरासीमा रहेका घर परिवार आशुमा डुबेको केसीका दिदिलेबताईन ॥ सगै बस्ने बहिनीको यस्तो अवस्था देख्दा आफै पनि सम्हालिन नसकेको अवस्था रहेका दिदिले पनि के कति कारणले मृत्यूभएको हो त्यसको बारेमा परिवारले सोधेपनि आफूसग त्यसको कुनै जवाफ नभएको रुदैवबताईन ।  नेपाल रहेका बाबा आमाले लक्ष्मीको अन्येष्टी नेपालमा गर्ने ईच्छा देखाएको छन ।  जापानमा रहेका केसीका आफन्तले बाबा आमाको चाहान र सम्भावनाका बारेमा जापानमा रहेका संघ सस्थासग सल्लाह गरी अगाडीबढ्ने दिदि भिनाजुले निपष्क्ष न्यूजलाई जानकारी दिएका छन । 

जापानको गुन्माकेनमा बाटो भुलेर घर जान नसकेको वृद्धलाई घर पुर्याईदिएको भन्दै गुन्मा प्रहरीद्वारा नेपाली बिद्यार्धी सम्मनित  

टोकियो  बाटो बिराएर घर जान नसकेको एक वृद्धलाई घर सम्म पुर्याई दिएका दुई नेपाली बिद्यार्थीलाई गुन्मा प्रहरीले कदर-पत्र प्रदान गर्दैसम्मनित गरेको छ ।  गुन्मा केनको मायबासी प्रहरी प्रमुख मासोओ तामुरोले १५ बर्षिय सुदिप गिरी र १६ बर्षिय उत्सब गिरीलाई कदरपत्र सहित सम्मानितगरिएको हो ।  समाचारमा जनाए अनुसार गिरी दाजूभाईले ति वृद्धलाई ५ किलोमिटरको बाटो ३ घण्टा लगाएर दुई नेपालीले तिमहिलालाई घर सम्मै पुर्याईदिएका थिए | प्रहरीले बाटो बिराएका वृद्धको परिचय गोप्य राखेको छ । 

राप्रपाको प्रवास कमिटि, प्रवासी नेपाली संगठन(ओनो ) जापानको अध्यक्षमा नविन चन्द चयन 

टोकियो  राप्रपा निकट प्रवासी नेपाली संगठन (ओनो ) जापानको  अध्यक्षमा नविन चन्द चयन भएका छन ।  नेपाल हिन्दु राष्ट्र र राजसंस्था हुनु पर्ने मुख्य एजेण्ड सहित राप्रपा केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि राप्रपाको प्रवासकमिटिमा पनि मनोनित र कार्यसमिति निर्माणमा तिब्रता आएको छ ।  ओनो संरक्षक  रघुदीप खड्काको उपस्थितिमा टोकियोमा सम्पन्न बैठकले नयॅा समितिलाई चयन गरेको हो । ओनो जापानको वरिष्ठ उपाध्यक्षमा सुशीलवीर जबरा, उपाध्यक्ष लक्ष्मण ढकाल, महासचिव खगेन्द्र चापागाईँ र सचिव आशीष भुजेल चयनभएका छन् भने विशाल विक्रम शाही, ललित ऐर, निराजन चन्द, राज चन्द र चिरञ्जीवी पाठक ओनो जापानको कार्यसमिति सदस्यमाचयन भएका छन ।  यसैगरी ओनो जापानको संरक्षक  एवं सल्लाहकारमा रघुदीप खड्का एवं कलेन्द्रविक्रम शाही रहेका छन् । अध्यक्षको जिम्मेवारी प्राप्त गरेपछि अध्यक्ष चन्दले राप्रपामा भएको पुस्तान्तरण पछि राप्रपामा नयॅा जोश देखिएको बताउनु भयो । नयाँ नेतृत्वमा आएका राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको राष्ट्रिय राजनीतिमा अझै महत्त्वपूर्ण भूमिका हुने उनले बताए ।लिङ्देनले नेतृत्व लिएपछि देश तथा विदेशमा रहेका हजारौं राष्ट्रवादी नागरिकहरूमा उत्साह र आशा पलाएको ओनो जापानको दाबी गरेको छ ।

अनेसास जापानले नेपाली नयां बर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान सहित ”लजालु पहाड” पुस्तकको विमर्श कार्यक्रम टोकियोमा सम्पन्न

टोकियो  अनेसास जापानले टोकियोमा २०७९ को नयां बर्षको शुभकामना आदानप्रदान एवं ६२ औँ नियमित साहित्य श्रृंखला सहित “लजालु पहाड” गीतकृत विमर्श कार्यक्रम सम्पन्न गरेको छ । जापानका लागि नेपाली कावा राजदूत अम्बिका जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा युरेका पब्लिकेशनले हालै प्रकाशन गरेको अमृत शर्मा ढकालको गीतकृति ’लजालु पहाडहरू’ माथिको विमर्श सम्पन्न भएको हो । लेखक ढकालको उपस्थितीमा सम्पन्न विमर्श कार्यक्रममा पुस्तकका बारेमा उठेका जिज्ञास एवं गीत रचनाका पृष्ठभूमिका बारेमा ढकालले आफना अनुभवहरु पस्किएका थिए । कार्यक्रममा लेखकले प्रेममा परेको प्रेमीको मनोदशा पछि उठेको छटपटिहरुलाई शब्दमा ब्यक्त भएको बताउनु भयो । पुस्तकमाथि दीप पाठक र कुमार सिम्खडाको टिप्पणी गरेका थिए । एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, गायक ईश्वर गुरूंग लगायतका वक्ताहरुले आफनो विचार ब्यक्त गरेको थिएभने अनेसास जापानका पुर्ब अध्यक्ष दिप पाठक, निवर्तमान अध्यक्ष गिरिजा गैरे, अनेसास जापानका सल्लाहकारहरू हारूहितो नोजु, शरद गौचन कवि तथा लेखकका श्रीमती सुमित गिरी  सहित विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संगीता कुंवर, ग्रिष्मा पौड्याल गिरीजा गैरे, सुमित गिरी, अमरदेव बास्तोला, मिनराज बास्तोला, दीप पाठक, विष्णु पौडेल, मनोज मौसम केसी, अरूण पौडेल , गगन गंगा ,दिलिप राई  लगाएत लगभग १ दर्जन भन्दा बढी स्रष्टाले आफ्ना सिर्जनाहरू प्रस्तुत गरेकाथिए । अनेसास जापानका अध्यक्ष रविन शर्माको अध्यक्षता, वरिष्ट उपाध्यक्ष अरूण पौडेलद्वारा स्वागत मन्तव्य एवं अनिल निर्दोसले...

आष्ट्रेलियालाई २ सुन्यले स्तब्ध पर्दै जापान विश्वकपमा छनौट  

टोकियो  कतारमा यसबर्ष हुने विश्वकप फुटबलमा जापानले आष्ट्रेलियालाई आफनै होम ग्राउन्डमा पराजित गर्दै विश्वकपमा छनौट हुन सफल भएको छ । विहिबार आष्ट्रेलियालाई खेलको अन्तिम ४ मिनेटमा दुई गोल गर्दै जापान विश्वकपमा छनौट हुन सफल भएको हो ।  खेलको दोश्रो हाफमा शब्सिच्यूट भई मैदान छिरेका जापानका काओरु मितोमाले खेलको अन्तिम मिनेटमा मिकि यामानेले मिलाईदिएको बललाई छ यार्डबाट पहिलो गोलमा गर्न सफल भएका थिए ।  बर्षाका विच भईरहेको खेलमा मितोमाले थपिएको समयमा थप १ गोल गरेपछि ४१ हजार आष्ट्रेलियानलाई स्तब्ध पार्दै जापान, सातौपटक विश्वकप छनौट गर्न सफल भएको हो ।  समुह बि बाट जापान सहित साउदी अरेविया पनि छनौट हुन सफल भएको छ ।  विश्वकप छनौटका लागि आष्ट्रेलियाले फेलेअफ खेल्न पाउने छ । एसिया क्षेत्रबाट ४ टिमले सोझै विश्वकप खेल्न पाउछन ।  समुह ए बाट दक्षिण कोरिया र ईरान विश्वकपका लागि छनौट भईसकेको छ । 
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने