टोकियो
जापान सरकारले आन्तरिक पर्यटन ब्यबसायलाई टेवा पुर्याउन फेरी गो टु ट्रभाल क्याम्पेन शुरु गर्ने भएको छ ।
सरकारले पर्यटक सहित होटल, रेष्टुरेन्ट एवं ट्राभल ब्यबसायमा सलग्न सबै प्रकारका पर्यटन व्यवसायलाई राहत दिने उदेष्य सहित फेरी एकपटक विशेष छुट सहितको गो टु ट्राभल शुरु गर्न लागेको हो ।
कोरोनाका कारण पुर्णरुपमा ठप्प आन्तरिक पर्यटन उद्योगहरुलाई चलायमान बनाउन गोटु ट्राभल क्याम्पेन फेरि अर्को महिनाबाटसंचालनमा ल्याउने तयारी गरिएको बुझिएको छ । लामो समयदेखि गोटु ट्राभल कहिलेबाट संचालन गर्ने ? कोरोना रोकथाम कसरीनियन्त्रणगर्ने जस्ता विषयहरुमा सरोकारवालाहरुसंग छलफलमा रहेको जापान सरकारले अब भने अर्को महिना( जुलाई) देखिसुरुगर्ने बताईएको छ ।