टोकियो
कोभिड १९ संक्रमण पछि जापानमा क्रियासील संघ/सस्थाहरुले बर्षिक आयोजना गर्ने कार्यक्रमहरुको तयारी तिब्र पारेका छन ।
जापानको पुरानो संस्था एन.पि.ओ होजिन थकाली सेवा समिति जापानले जुन महिनाको पहिलो आईतबार राष्ट्र कवि स्व.भूपी शेरचनको स्मृतिमा अन्तरचन वंलिङग रनिंग कप प्रतियोगिता सम्पन्न गरेको छभने जुलाईमा बृहत बनभोज(बारबिक्यू) को आयोजना गर्ने जनाएको छ ।
आईतबार सम्पन्न बलिङ प्रतियोगितामा पहिलो शेरचन समुह हुन सफल भएको छ । प्रतियोगितामा भट्टचन समुहलाई पराजत गर्दै प्रथम हुन सफल भएको हो ।
यसैगरी समितिले यहि जुलाई १७ तारिख आईतबार टोकियोको सिनकिबा स्थित बारबिक्यू सेन्टरमा बृहत बारबिक्यू आयोजना गर्न तयारी शुरु गरेको थकाली सेवा समिती जापानका अध्यक्ष बुद्दी गौचनले जानकारी दिनु भएको छ ।
जापानमा आयोजना हुने बारबिक्यू कार्यक्रम मध्ये थकाली सेवा समितीले आयोजना गर्ने बारबिक्यू बृहत र ब्यबस्थित हुने गर्दछ ।