Homeजापान विशेष

जापान विशेष

पर्वत समाज जापानको आयोजनमा हुने “रमाइलो म्युजिक एक्प्रेस” कार्यक्रममा सहभागि हुन सबै कलाकारहरु टोकियोमा

टोकियो चर्चित कलाकारहरु बिमलराज क्षेत्री, कुलेन्द्र विस्वकर्मा, एलिना चौहान र सुस्मिता क्षेत्री पर्वत समाज जापानको आयोजनमा हुने “रमाइलो म्युजिक एक्प्रेस” कार्यक्रममा सहभागिता जनाउन टोकियो आईपुगेका छन ।  पर्वत जिल्लाका गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण गर्ने उद्देश्यका साथ पर्वत समाज जापानले आयोजना गर्ने कार्यक्रमसहभागि हुन सबै कलाकारहरु शनिबार राति टोकियो आईपुगेको पर्वत समाज जापानले आईतबार पत्रकार सम्मेलनगरी जानकारीदिएको हो । पत्रकार सम्मेलनमा एलिना चौहानले धोकेबाज है तिमि’ बिमलराज क्षेत्रीले जापान टोकियो’ एवं कुलेन्द्र विस्वकर्माले सालको पात’ रसुस्मिता क्षेत्रीले गितहरु प्रस्तुत गर्दै  आगामि २८ तारिक आईतबार टोकियोको नाकानो जिरो हलमा हुने कार्यक्रममा सहभागि हुनजापानवासि सबै नेपालीहरुलाई निमन्त्रणा दिएका थिए ।  रमाइलो म्युजिक एक्प्रेस” नाम दिईएको सांगीतिक कार्यक्रम यही मे २८ तारिख आईतवार साँझ ६ बजेबाट टोकियोको नाकानो जेरोहलमा नेपालबाट आमन्त्रित बहुचर्चित कलाकारहरु कुलेन्द्र बिश्वकर्मा, बिमल राज क्षेत्रि, एलिना चौहान र सुस्मिता क्षेत्रिले बिबिधगितहरु सहित दोहोरी गित प्रस्तुत हुने कार्यक्रमहरुको सबै तयारीहरु पुरा भएको कार्यक्रम संयोजक राम बास्तोलाले बताउनु भयो ।  पवित्र उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमको सह-आयोजकमा बागलुङ समाज, कास्की पोखरा समाज,  स्याङ्जा समाज रमोना जापान रहेकोले पनि कार्यक्रमले थप सार्थकता पाएको बताईएको छ ।   अनलाईन बाट पनि टिकट किन्न सकिने ब्यवस्था सहित दुई प्रकारका टिकट मध्ये सामान्यको लागि ३ हजार येन र बिशिष्ठको लागि १०हजार येन तोकेको समाजका अध्यक्ष सुभाष लामिछानेले जानकारी दिनु भयो ।  पर्वत समाज जापान,पर्वतको प्रचार र विकासमा हातेमालो गर्ने उद्देश्यका साथ सन् २००९ मा स्थापना भएको संस्था हो ।

ओसाकाको समून्द्रमा भेटिएको शव चितवनका आरती खनालको नै भएको डिएनएबाट पुष्टी

टोकियो जापानको ओसाका स्थित समुन्द्रको किनारमा भेटिएको शव नेपाल चितवन घर भएकी आरती खनालको नै भएको डिएनए परिक्षण बाट पुष्टी भएको जापान प्रहरीले जानकारी...

चितवन समाज जापानको अध्यक्षमा ईश्वरी कँडेल र महासचिवमा कविकिरण न्यौपाने चयन

टोकियो चितवन समाज जापानको चौथो अधिवेशनले ईश्वरी कँडेलको अध्यक्षमा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ । चितवनबाट जापान आई रोजगार, व्यवसाय तथा अध्ययन लगायत बिभिन्न पेशागरी...

मंगलबार सांझ सेन्दाईमा बस दुर्घटनामा नेपाली विद्यार्थी नवराज तामाङ र युवराज थापा भएको पुष्टी, अन्य नेपाली बिद्यार्थीहरु सकुसल

टोकियो मंगलबार सांझ ८ः१५ बजे सेन्दाई नजिकको कुरिहारा सिटि नजिकको राजमार्ग(हाईवेमा) रोकि राखेको बसलाई ट्रकले ठक्कर दिदा दुई नेपाली विद्यार्थी नवराज तामाङ र युवाराज...

जापानको सेन्दाई शहरमा बसलाई ट्रकले ठक्कर दिदा थापा र तामाङ थरका दुई नेपाली बिद्यार्थीको मृत्यु, अन्य नेपाली बिद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगियो

टोकियो जापानको सेन्दाई शहरबाट राति ८ः१५ बजे तरकारी कम्पानीमा काम गर्न ईवाते जादै गरेको बसलाई ट्रकले ठक्कर दिदा दुई नेपाली विद्यार्थीको मृत्यु हुन पुगेको...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने