पर्वत समाज जापानको आयोजनमा हुने “रमाइलो म्युजिक एक्प्रेस” कार्यक्रममा सहभागि हुन सबै कलाकारहरु टोकियोमा

टोकियो

चर्चित कलाकारहरु बिमलराज क्षेत्री, कुलेन्द्र विस्वकर्मा, एलिना चौहान र सुस्मिता क्षेत्री पर्वत समाज जापानको आयोजनमा हुने “रमाइलो म्युजिक एक्प्रेस” कार्यक्रममा सहभागिता जनाउन टोकियो आईपुगेका छन । 

पर्वत जिल्लाका गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण गर्ने उद्देश्यका साथ पर्वत समाज जापानले आयोजना गर्ने कार्यक्रमसहभागि हुन सबै कलाकारहरु शनिबार राति टोकियो आईपुगेको पर्वत समाज जापानले आईतबार पत्रकार सम्मेलनगरी जानकारीदिएको हो ।

पत्रकार सम्मेलनमा एलिना चौहानले धोकेबाज है तिमि’ बिमलराज क्षेत्रीले जापान टोकियो’ एवं कुलेन्द्र विस्वकर्माले सालको पात’ रसुस्मिता क्षेत्रीले गितहरु प्रस्तुत गर्दै  आगामि २८ तारिक आईतबार टोकियोको नाकानो जिरो हलमा हुने कार्यक्रममा सहभागि हुनजापानवासि सबै नेपालीहरुलाई निमन्त्रणा दिएका थिए । 

रमाइलो म्युजिक एक्प्रेस” नाम दिईएको सांगीतिक कार्यक्रम यही मे २८ तारिख आईतवार साँझ ६ बजेबाट टोकियोको नाकानो जेरोहलमा नेपालबाट आमन्त्रित बहुचर्चित कलाकारहरु कुलेन्द्र बिश्वकर्मा, बिमल राज क्षेत्रि, एलिना चौहान र सुस्मिता क्षेत्रिले बिबिधगितहरु सहित दोहोरी गित प्रस्तुत हुने कार्यक्रमहरुको सबै तयारीहरु पुरा भएको कार्यक्रम संयोजक राम बास्तोलाले बताउनु भयो । 

पवित्र उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमको सह-आयोजकमा बागलुङ समाज, कास्की पोखरा समाज,  स्याङ्जा समाज रमोना जापान रहेकोले पनि कार्यक्रमले थप सार्थकता पाएको बताईएको छ ।  

अनलाईन बाट पनि टिकट किन्न सकिने ब्यवस्था सहित दुई प्रकारका टिकट मध्ये सामान्यको लागि ३ हजार येन र बिशिष्ठको लागि १०हजार येन तोकेको समाजका अध्यक्ष सुभाष लामिछानेले जानकारी दिनु भयो । 

पर्वत समाज जापान,पर्वतको प्रचार र विकासमा हातेमालो गर्ने उद्देश्यका साथ सन् २००९ मा स्थापना भएको संस्था हो ।

ताजा समाचार