टोकियो
जापानको सेन्दाई शहरबाट तरकारी कम्पानीमा काम गर्न ईवाते जादै गरेको बसलाई ट्रकले ठक्कर दिदा दुई नेपाली विद्यार्थीको मृत्यु हुन पुगेको दुखद समाचार छ...
टोकियो
जापानको सेन्दाईबाट कामका लागि ईवाते जाने क्रममा बस दुर्घटना हुदा नेपाली सहित जापानिज नागरिक दुर्घटनामा परेको समाचार छ ।
रातिको काममा जाने क्रममा...
टोकियो
नेपाली समाजमा लागु औषधका दुब्यसनका कारण युवा पुस्तामा देखिएको समस्या र त्यसले बढिरहेको अपराधलाई युवा पुस्ता माझसचेतना जगाउन निर्माण गरिएको नेपाली चलचित्र ‘सिग्नेचर’ आईतबार जापानको टोकियोमा प्रर्दशन सम्पन्न भएको छ ।
सभ्य सिर्जना प्रा. लि. को व्यानरमा निमार्ण भएको चलचित्र सिग्नेचर जापानको टोकियोभित्र पर्ने शिन ओकोवुमा रहेको सोलमारी मुराहलमा एनआरएनए जापान, कास्की पोखरा समाज जापान र न्यू आईटि भन्चेर सह-आयोजनामा प्रर्दशन सम्पन्न भएको थियो ।
लागु पर्दाथको सेवनका कारण युवा पिँढीमा देखिने नकरात्मक आचरण र त्यस आचरण अनुसारको क्रियाकलापले निम्त्याउने परिणामलाई कलात्मक तरिकाले चलचित्रमा प्रस्तुत गरिएको चलचित्र सिग्नेचर साँच्चिकै समाज परिवर्तनको आधार बन्नसहयोग पुर्याउने निर्माण गरिएकोले सकरात्मक सन्देश दिने निर्माण पक्षले जानकारी दियो ।
चलचित्र प्रर्दशन अघि सम्पन्न भएको छोटो कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, नेपाल पत्रकार महासंघकानिवर्तमान अध्यक्ष मोहन घले र कोषाध्यक्ष आनन्द कोइराला, कास्की पोखरा जापानका अध्यक्ष सन्देश अधिकारी, अन्तराष्ट्रिय नेपालीसाहित्य समाज जापान च्याप्टरका अध्यक्ष रविन शर्मा, जन सम्पर्क समिति, जापानका कोषाधयक्ष बाबूराम सापकोटा सहित विभिन्नसंघसंस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो।
मिडिया पाट्नरको रूपमा नेपाल जापान डट कम, निस्पक्ष न्यूज र जापान समाचार डट कम रहेका थिए भने सहयोगि संस्थाको रूपमाअन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टर रहेको थियो।
निर्माता सुवेदीको सहभागितामा चलचित्रलाई जापानभरि प्रर्दशन गर्ने सिलसिलामा यस भन्दा अगाडि यामागुची केन र ओसाकामाप्रदर्शन गरिएको थियो। चलचित्र ओस्कार इन्टरनेशनल कलेज, स्कुल फाउण्डेशन र सभ्य सृजना प्रालिका अध्यक्ष समेत रहनुभएकालेखक तथा निर्देशक सागर उद्गमको परिकल्पना, लेखन निर्देशनमा तयार भएको हो।
चलचित्रमा चर्चित कलाकारहरु सन्दीप क्षेत्री, विनोद पौडेल, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, प्रज्ञा जोशी, सरितागिरी, जे. बि. डिसी, सुमिना घिमिरे, अमृता थपलिया लगायतका कलाकारहरुले जीवन्त अभिनय गरेका छन।
स्वास्थ्य मन्त्रालय अन्तर्गत एनसिएएस्सी अवार्ड अफ एक्सलेन्स प्राप्त चलचित्रलाई नेपाल सरकारका विभिन्न आठ ओटा मन्त्रालयसहित नेपाल रेडक्रस सोसाइटी, युएनएआडी लगायत संघसंस्थाले अक्नलेज्मेण्ट तथा नैतिक समथर्न गरेको कुरा हामीलाई चलचित्रकानिर्माता प्रकाश सुवेदीले बताए।
टोकियो
नेपाली समाजमा रहेको छुवाछुत एवं जातिय विभेदका विषयमा निर्माण गरिएको नेपाली चलचित्र निरमाया शनिबार जापानकोटोकियोमा प्रर्दशन भएको छ ।
मदानी मुभीज प्रा. लि. को व्यानरमा निर्माण भएको निरमाया सामाजिक विषयमा केन्द्रित भई निर्माण गरिएको चलचित्र जापानकोटोकियो सहित अन्य शहरहरुमा पनि प्रर्दशनको तयारी भएको ‘एनोदर चान्स नेपाल´ दिएको छ ।
नेपाली समाजमा युगौँदेखि जरा गाढेर बसेको जातीय भेदभाव र छुवाछुतका क्रियाकलापलाई विषयबस्तु बनाइएको सो चलचित्रमारमेश बुढाथोकी, अजित लामिछाने, लय सङ्ग्रौला, जे एन घिमिरे, जेबीडिसी, अनिता केसी लगाएतका कलाकारहरुको अभिनय रहेकोछ। राम केसीको कथा, अजित लामिछानेको पटकथा संवाद, र रमेश कोइरालाको निर्देशन रहेको चलचित्रमा क्यामेरामेनको भुमिकाजीवन पराजुलीले र सम्पादकको भुमिका तारा थापा किम्भेले निभाएका छन्। अनन्त प्रसाद तिमिल्सिना प्रस्तुतकर्ता र महेश तिमिल्सिनाकार्यकारी निर्देशक रहेको चलचित्र निर्माणको लगानी राजा तिमिल्सिना र रमेश दाहालले गरेका छन्।
समाज परिवर्तन गर्ने सोच राख्ने र नाराहरु फलाक्दै हिड्न भन्दा व्यवहारिक रूपमा आफैँबाट सुरुआात गर्नुपर्छ भन्ने सन्देश दिइएकोचलचित्रमा कलाकार जेबिडिसी र अजित लामिछानेको अभिनय तूलनात्मक रूपमा प्रशंसनीय छ। चलचित्रको समग्र भाव सकरात्मकछ।
निरमाया प्रर्दशन अघि जापानमा क्रियासिल संघ सस्थाका प्रतिनिधि एवं दर्शकहरुसग समिक्षा कार्यक्रम पनि गरिएको थियो । समिक्षा। कार्यक्रममा एनआरएनका प्रवक्ता शुभाष लामिछाने, अनेसास जापानका...
टोकियो
जापानबाट नेपाल सहित संसारका विभिन्न मुलुकहरुमा रेमिटेन्स गरि पैसा पठाउने ग्राहकहरुलाई लक्षितगरी जापान मनि ट्रान्फर (JME) ले नयां बर्ष २०८०को उपलक्ष्यमा (वैशाख महिनाका) लागि...