टोकियो
जापानको सेन्दाई शहरबाट तरकारी कम्पानीमा काम गर्न ईवाते जादै गरेको बसलाई ट्रकले ठक्कर दिदा दुई नेपाली विद्यार्थीको मृत्यु हुन पुगेको दुखद समाचार छ ।
सेन्दाईबाट ईवातेका लागि हिडेको बस केहि समय पछि बिग्रिएको र बसमा सवार सबै यात्रुलाई ओराली बसको चालकले बस बनाउने क्रममा ति दुई नेपाली बिद्यार्थीहरुले सहयोग गरेको अवस्थामा पछाडीबाट ट्रकले ठक्कर दिदा जापानिज भाषा विद्यालयमा अध्यनरत थापा र तामाङ थर भएका दुई नेपाली विद्यार्थी सहित बस चालक जापानिज नागरिकको घटनास्थालमा नै मृत्यु भएको प्रत्याक्षदर्शीले जानकारी दिएको हुन (मृतकका बारेमा जापान प्रहरीले केहि जानकारी दिएको छैन)
सेन्दाईबाट नेपाली अगुवाले निष्पक्षन्यूजलाई दिएको जानकारी अनुसार केहि महिना पहिला जापानिज भाषा विद्यार्थीका रुपमा आएका ति दुई नेपाली बिद्यार्थीले बस चालकलाई लाईट वालि सहयोग गरिरहदा पछाडीबाट एक्कासि ट्रकले ठक्कर दिएको बताईएको छ ।
दुर्घटनमा परेको दुबै नेपाली बिद्यार्थीको नेपालको स्थाई ठेगाना अझै स्पष्ट हुन सकेको छैन ।
घटनास्थालबाट अन्य नेपाली विद्यार्थीहरुलाई प्रहरीले सुरक्षित स्थानमा लगेको र घटनास्थलमा प्रहरीले छानविन गरिरहेको समाचार छ ।
एनआरएन सेन्दाईको एक टोलि नेपाली बिद्यार्थी रहेको स्थानमा गएको पछिल्लो समाचार छ ।