नेपाली चलचित्र “निरमाया”जापानबाट प्रदर्शन 


टोकियो

नेपाली समाजमा रहेको छुवाछुत एवं जातिय विभेदका विषयमा निर्माण गरिएको नेपाली चलचित्र निरमाया शनिबार जापानकोटोकियोमा प्रर्दशन भएको छ । 

मदानी मुभीज प्रा. लि. को व्यानरमा निर्माण भएको निरमाया सामाजिक विषयमा केन्द्रित भई निर्माण गरिएको चलचित्र जापानकोटोकियो सहित अन्य शहरहरुमा पनि प्रर्दशनको तयारी भएको ‘एनोदर चान्स नेपाल´ दिएको छ ।

नेपाली समाजमा युगौँदेखि जरा गाढेर बसेक‍ो  जातीय भेदभाव र छुवाछुतका क्रियाकलापलाई विषयबस्तु बनाइएको सो चलचित्रमारमेश बुढाथोकी, अजित लामिछाने, लय सङ्ग्रौला, जे एन घिमिरे, जेबीडिसी, अनिता केसी लगाएतका कलाकारहरुको अभिनय रहेकोछ। राम केसीको कथा, अजित लामिछानेको पटकथा संवाद, र रमेश कोइरालाको निर्देशन रहेको चलचित्रमा क्यामेरामेनको भुमिकाजीवन पराजुलीले र सम्पादकको भुमिका तारा थापा किम्भेले निभाएका छन्। अनन्त प्रसाद तिमिल्सिना प्रस्तुतकर्ता र महेश तिमिल्सिनाकार्यकारी निर्देशक रहेको चलचित्र निर्माणको लगानी राजा तिमिल्सिना र रमेश दाहालले गरेका छन्। 

समाज परिवर्तन गर्ने सोच राख्ने र नाराहरु फलाक्दै हिड्न भन्दा व्यवहारिक रूपमा आफैँबाट सुरुआात गर्नुपर्छ भन्ने सन्देश दिइएकोचलचित्रमा कलाकार जेबिडिसी र अजित लामिछानेको अभिनय तूलनात्मक रूपमा प्रशंसनीय छ। चलचित्रको समग्र भाव सकरात्मकछ।

निरमाया प्रर्दशन अघि जापानमा क्रियासिल संघ सस्थाका प्रतिनिधि एवं दर्शकहरुसग समिक्षा कार्यक्रम पनि गरिएको थियो । समिक्षा। कार्यक्रममा एनआरएनका प्रवक्ता शुभाष लामिछाने, अनेसास जापानका अध्यक्ष रविन शर्मा,होम रिजाल, गितकार प्रकाश सुवेदी, तामाङ समाज जापानका निर्वतमान अध्यक्ष रुविना तामाङले बोल्नु भएको थियो भने कार्यक्रमको सहजिकरण अनिता सुनारले गर्नु भएको थियो ।

चलचित्र प्रर्दशनमा एनोदर चान्स नेपाल एनआरएनए जापान र अन्तराष्ट्रिय साहित्य समाज जापानले सहकार्य गरेका छन । 

ताजा समाचार