ओसाकाको समून्द्रमा भेटिएको शव चितवनका आरती खनालको नै भएको डिएनएबाट पुष्टी

टोकियो

जापानको ओसाका स्थित समुन्द्रको किनारमा भेटिएको शव नेपाल चितवन घर भएकी आरती खनालको नै भएको डिएनए परिक्षण बाट पुष्टी भएको जापान प्रहरीले जानकारी दिएको छ ।

गत मार्च १७ तारिखदेखि सम्पर्क बिहिन भएकी चितवन घर भएकी आरती खनालको व्यापक खोजी हुँदै गर्दा,यहि मे ८ तारिख ओसाकामा उनि बस्ने स्थान भन्दा करिब २० किलोमिटर टाढा समून्द्रमा तैरिरहेको अवस्थामा शव भेटिएको थियो ।


परिचय नखुलेको शवका रुपमा भेटिएको शवसगै पैसा मोबाईल सहित साईकलको चाबि पनि भेटिएको भएपनि खनालको परिवारक सदस्यको डिएनए परिक्षण पछि शव आरती कै भएको एनआरएन उपाध्यक्ष संगिता अधिकारीले जानकारी दिनुभएको हो ।

हत्या भएको परिवारको आरोप

जापान प्रहरीले आरती हराएको समय देखि नै परिवारलाई जानकारी दिएपनि, परिवारले जापान प्रहरीले घटनाको राम्रोसग छानविन नगरेको गुनासो गरेका छन । आरतीको मिल्ने शव प्राप्त भएसगै आरतीको हत्या भएको भन्दै दोषिलाई कडा कारबाहिको माग आरतीका आमा राधिका खनालले गरेका छन ।

एनआरएन उपाध्यक्ष संगिता अधिकारी पनि अहिले नेपालमा नै रहेको र परिवारसग छलफल भईरहेको निष्पक्षन्यूजलाई जानकारी दिएका छन ।

अधिकारीका अनुसार परिवारको छलफल र प्रहरीको अन्तिम रिपोर्ट हेरेपछि जापानिज वकिल सहित बिस्तृत छानविन सहितको पोष्टमार्टम गरिने तयारी भएको जानकारी दिनुभयो ।

आरती विद्यार्थी भिषामा १ बर्ष अगाडी जापान आएकी थिइन। उनि जापानको ओसाका सिटिको इकोनो कु काचुयामा कित्ता १- ३ – २ मा बस्दै आएकी २३ बर्षिय आरतीको स्थायी घर चितवनको भरतपुर महानगर पालिका वर्डा नं -१२ हो ।


ताजा समाचार