Homeजापान विशेष

जापान विशेष

जापान भ्रमण रहेका पोखरा महानगरपालिकाका वरिष्ट कानुन अधिकृत शर्मासग जापानमा अन्तरक्रिया सम्पन्न

टोकियो निजि भ्रमणमा जापान रहेका पोखरा महानगरपालिकाका वरिष्ट कानुन अधिकृत नारायाण प्रसाद शर्माको उपस्थितीमा पर्वत समाज जापानले स्वागत सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...

नेपाल रुकुम घर भएका ३४ बर्षिय नेपाली युवाको शव सडेगलेको अवस्था जापानमा भेटियो, अन्तेष्टी विहिबार गरिने

टोकियो नेपालको रुकुम जिल्ला महत ठेगाना भएका ३४ बर्षिय युवा अमृत बुढाको जापानको ईबाराकी प्रान्तको चुकुवा स्थित आफ्नो कोठामा मृत अवस्थामा फेला परेका छन । जापानिज...

तमूधीं जापानको आयोजनामा यो बर्षको रोधीं सांझ अगष्ट १३ मा आयोजना गरिने

टोकियो तमूधीं जापानले विगत २५ बर्ष देखि जापानमा आयोजना गर्दै आईरहेको गुरुङ समुदयमा प्रचलित सास्कृतिक पर्व रोधींलाई निरंतरता दिने उदेष्यले यो बर्ष अगामी अगष्ट...

चर्चित नेपाली लोक रक ब्यान्ड नेपथ्यले अगष्ट ८ मा टोकियो मा सागितिक कन्सर्ट आयोजना हुने 

टोकियो नेपाली लोक रक संगित मार्फत दशकौ नेपाली दर्शक र श्रोता विच ख्याति कमाएको चर्चित नेपाली सांगितिक ब्यान्ड नेपथ्यले यहि अगष्ट महिनाको गर्मिसगैटोकियोमा गित संगित मार्फत टोकियो तताउने भएको छ ।  सरल शब्द र सबैलाई आकर्षण गर्ने संगितले देश विदेशमा रहेका नेपालीहरु विच एक छत्र राज गरेको चर्चित ब्यान्ड नेपथ्य र ब्यान्डकाअमृत गुरुङले चार बर्षको अन्तराल पछि टोकियोमा आफ्नो गीत संगित सहित सागितिक प्रस्तुती टोकियोमा आयोजना हुने आयोजकभिजिनियो कम्पनीले जानकारी दिएको छ ।  सबै जसो उमेरको श्रोताको रोजाईना पर्ने नेपथ्यको जोमसोमे बजारमा, तालको पानी, मै नाचे छमछमी, जोगले हुन्छ भेट, चरि मर्यो, छेक्यो छेक्यो देखि यो जीन्दगानी, शिरानमा फोटो छ, उडायो रेलैले समेटिने छन् । नेपथ्यको आइडी ट्युन जस्तै बनेको रेशम, भेडाको उनजस्तो, सा कर्णाली, रातो र चन्द्र सुर्य जस्ता गितहरु चर्च्त रहेका छन र यि गितहरु सदावहार अजर अमर गीतमा गनिन्छन ।  तीन दशकदेखि नेपाली गीत संगितको क्षेत्रमा एकछत्र सदावहार गायक र ब्याण्डको रुपमा चिरपरिचित बनेका उनै अमृत गुरुङ आफ्नोसिंगो नेपथ्य ब्याण्डको साथमा सुर्योदयको देशमा फेरि एक पटक उदाउने भएका छन् । टोकियोमा अगष्ट ८ तारिख नेपथ्य व्याण्डको कन्सर्ट तय भएको कम्पनीका निर्देशक सुभास लामिछानेले जानकारी दिनुभयो उहालेभन्नुभयो जापानको इतिहासमै अहिलेसम्मकै भव्य हल, भब्य व्यवस्थापन र तयारी सहित नेपथ्यको कन्सर्ट हुँदैछ । ४ बर्षको अन्तरालमाजापानका डेढ लाख नेपालीहरुसँग सांगितिक भेट गर्न मानवताको लागि संगीत भन्ने नारा सहित नेपथ्य टोकियो उत्रने भएको छ । सन्१९९३ अप्रिल १ तारिख पहिलो गीत आँगनैभरि हिउँ नै झरे मार्फत नेपाली संगित आकाशमा उदाएका अमृत गुरुङका कुनै एक गीत छैनन्जुन नेपाली जनजिब्रोमा नझुण्डिएको होस् । नेपथ्य व्याण्डको तर्फबाट गायक अमृत गुरुङ सहित सुरज थापा किबोर्ड, सुबिन शाक्यबास गितार, धुर्व लामा ड्रम, निरज गुरुङ लिड गितार र शान्ति रायमाझी मादलको साथमा मञ्चमा प्रस्तुत हुनेछन् । चार बर्षपहिले बेजोड मादलको ताल पस्किएका शान्ति रायमाझीको जादुमय कला स्मरण गरिरहेका टोकियोका दर्शकलाईअविस्मरणिय गितारको तालमा सुबिन र निरजलाई सुन्न सकिनेछ भने किबोर्डमा सुरजको कला र ड्रममा धुर्व लामाको बेजोड प्रस्तुतीफेरि एकपटक रसस्वादन गर्न पाउने अवसर जुरेको छ । बालक देखि बृद्धसम्मका सबै पुस्ताले झुमेर गाउन सक्ने मौलिक शब्द, संगित रफरक स्वरको स्वाद पस्कने भएरै हिमालदेखि तराईसम्मका सबै बस्तिमा गुञ्जने उनै अमृत गुरुङ र नेपथ्य व्याण्ड एकसाथ गुञ्जनेछ बडादशैंको संघारमा राजधानी टोकियोको भव्य तोयोसु पिटको सांगितिक अडिटोरियम हलमा । यसअघि सन् २०१८ मा जापानका नेपालीहरुसँगै आफ्नो ऐतिहासिक सिल्भर जुब्ली मनाएका नेपथ्यका संस्थापक एवं मुख्य गायकअमृत गुरुङ सहितको व्याण्ड यस पटक मानवताको लागि संगीत भन्ने नारा सहित उपस्थित हुँदैछ । नेपथ्यको कन्सर्ट टोकियोमा आयोजना हुने खवरसँगै टोकियो मात्र नभई गुन्मा देखि इबाराकी सम्मका नेपालीहरुले टिकट बुकिगं गराउनथालिसकेको लामिछानेले जानकारी दिनुभयो । यसपटक हामी टिकट प्रिन्ट गरेर विक्रि गर्दैनौं सबै टिकट अनलाईन मार्फत विक्रि हुन्छयसपटक टिकट खरिद गर्नुहुने व्यक्तिहरुका लागि प्रक्रियामा सहयोग मात्र गर्ने बताउँदै व्यवसायी लामिछानेले डिसिइप्रोजेक्टकोवेवसाईट मार्फत टिकट विक्रि भइरहेको जानकारी दिनुभयो । डेस्टिनी क्रियशन डिसि जसले भिजोनिया कम्पनीको सहायक कम्पनीकोरुपमा कन्सर्ट व्यवस्थापन लगायतको काम गरिरहेको छ । जापानमा नेपाली समुदायको इतिहासमै पहिलो पटक अनलाइनको माध्यमबाट मात्र टिकट विक्रि सहित डिजिटल भुक्तानीको व्यवस्थामिलाएको भिजोनिया कम्पनीले हप्तादिन अघि मात्र कन्सर्ट आयोजनाको पोष्टर सार्वजनिक गरेको थियो । हप्तादिनमा १०० वटा टिकटविक्रि भइसकेको छ, टिकट बुकिगं राखेर १०० भन्दा बढि व्यक्तिले भुक्तानीको प्रक्रिया अघि बढाउनुभएको छ हामीले कन्सर्ट आयोजनाभन्दा हप्तादिन अघि टिकट विक्रि सकेर कन्सर्ट व्यवस्थापनमा लाग्ने योजना बनाएका छौं आयोजक कम्पनीका निर्देशक सुभासलामिछानेले भन्नुभयो बाहिर कतै टिकट विक्रि हुँदैन हलमा मेसिनमा बारकोड रिड गराएर मात्र भित्र पस्न पाइने हुनाले सबैजनाले अनिवार्यरुपमा पहिलेनै टिकट खरिद गर्नुहुन अनुरोध गर्दछौं । अनलाइन मार्फत सामान्य टिकट तर्फ ६,००० येन र नेपथ्य व्याण्डको लोगो तथा अमृत गुरुङको तस्विर अंकित विशेष टिसर्ट सहितकोमुख्य एक मान येन तोकिएको छ । अनलाइनमा बुकिगं गराएर हलमा टिकट लिन चाहनेहरुका लागि भने ७,००० येन शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ । टोकियोको कोतो सिटिमा रहेको तोयोसु पिटमा हुने कन्सर्ट जापानी समय अनुसार ठिक ६ ३० बजे तोकिएकै समयमा सुरु हुनेछ । दर्शकप्रवेशको लागि कन्सर्ट स्थल डेढ घण्टा पहिलेनै खुला हुनेछ । जापानमा प्राय आयोजना गरिने सांगितिक तथा सांस्कृतिक वा चलचित्र प्रदर्शनहरु साप्ताहिक वा सार्वजनिक बिदाको दिनमा हुँदैआएकोमा नेपथ्य व्याण्डको कन्सर्ट भने मंगलबारका लागि राखिएको छ । भिजोनिया कम्पनीले जापानमा पछिल्लो समय कबड्डी ४, जारी लगायत चलचित्रको जापानभरनै भव्य प्रदर्शन गराएको छ भने निकटभविष्यमा थप नेपाली चलचित्रहरु प्रदर्शन तयारी सहित अन्य सांगितिक कार्यक्रम आयोजनाको समेत योजना अघि बढाएको जानकारीदिएको छ ।

चितवन समाज जापानको नवनिर्वाचित समितिले राजदूत सग भेट सम्पन्न, आरती खनालको हत्यारालाई कारबाहि गर्न माग

टोकियो चितवन घर भई जापानिज भाषा बिद्यार्थी भिषामा जापानको ओसाकामा हत्या भएको आशंका गरिएको चितवन घर भएकी आरतीखनालको घटनालाई छानविन गरी कारबाहि गर्न चितवन समाज जापानले मंगलबार नेपाली राजदूतबास टोकियोमा ज्ञापन पत्र बुझाएकोछ ।  चितवन समाज जापानका अध्यक्ष ईश्वरी कडेलको नेतृत्वमा गएको चितवन समाज जापानको नवनिर्वाचित टोलिमा चितवन समाजअन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष समिर केसी एवं सॅयोजक राजन कुमार श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।  भेटका अवशरमा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीलाई नवनिर्वाचित चितवन समाजको कार्यसमितिकोलाई बधाईचितवन जापानले गरेका कामहरु एवं दुबै सस्थाले सयुक्त रुपमा गर्न सक्ने योजनाहरुका बारेमा छलफल भएको समाजका अध्यक्षकडेलले जानकारी दिनुभयो । भेटका क्रममा राजदूत सुवेदीले नवनिर्वाचित समिति सहित दूतबासमा भेटन आएको पहिलो रेकर्ड भएकोजानकारी दिदै,समाजको रेकर्ड राख्न र समन्वय गर्न पनि दुतावास लाई सजिलो हुने, हिजोका दिनमा जस्तै चितवन समाज जापानले धेरैराम्रो कामहरुको सहकार्य गर्दै समाजको गरिमालाई नयां उच्चाई राखेको र आउने दिनहरुमा थप समाज सेवामा टेवा पुग्ने विस्वासलिएको बताउदै ओसाकामा मृत्यु भएकी आरती खनालका लागि दूतबासले आवस्यक सबै प्रकारको सहयोग गर्ने बताउनु भएकोनिर्वतमान अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।  राजदूतसगको भेटमा समिर केसी, राजन कुमार श्रेष्ठ, ईस्वरी कंडेल सहित कार्यसमितिका बरिष्ठ उपाध्यक्ष टंक गैरे , उपाध्यक्ष प्रदिपखरेल र अनिल पौडेल, केन्द्रिय सदस्य युबराज ढकाल एवं एनआरएन एसिया प्यासेफिकका सहसंयोजक दिपक कंडेलको सहभागितारहेको थियो ।  भेटमा चितवन समाज जापानले तय गरेको योजनाहरु सहित प्रकाशन गरेको नेपाली पात्रो राजदूत डा, सुवेदीलाई हस्तान्तरण गरिएकोथियो। 
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने