चितवन समाज जापानको नवनिर्वाचित समितिले राजदूत सग भेट सम्पन्न, आरती खनालको हत्यारालाई कारबाहि गर्न माग

टोकियो

चितवन घर भई जापानिज भाषा बिद्यार्थी भिषामा जापानको ओसाकामा हत्या भएको आशंका गरिएको चितवन घर भएकी आरतीखनालको घटनालाई छानविन गरी कारबाहि गर्न चितवन समाज जापानले मंगलबार नेपाली राजदूतबास टोकियोमा ज्ञापन पत्र बुझाएकोछ । 

चितवन समाज जापानका अध्यक्ष ईश्वरी कडेलको नेतृत्वमा गएको चितवन समाज जापानको नवनिर्वाचित टोलिमा चितवन समाजअन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष समिर केसी एवं सॅयोजक राजन कुमार श्रेष्ठको पनि उपस्थिती रहेको थियो । 

भेटका अवशरमा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीलाई नवनिर्वाचित चितवन समाजको कार्यसमितिकोलाई बधाईचितवन जापानले गरेका कामहरु एवं दुबै सस्थाले सयुक्त रुपमा गर्न सक्ने योजनाहरुका बारेमा छलफल भएको समाजका अध्यक्षकडेलले जानकारी दिनुभयो । भेटका क्रममा राजदूत सुवेदीले नवनिर्वाचित समिति सहित दूतबासमा भेटन आएको पहिलो रेकर्ड भएकोजानकारी दिदै,समाजको रेकर्ड राख्न र समन्वय गर्न पनि दुतावास लाई सजिलो हुने, हिजोका दिनमा जस्तै चितवन समाज जापानले धेरैराम्रो कामहरुको सहकार्य गर्दै समाजको गरिमालाई नयां उच्चाई राखेको र आउने दिनहरुमा थप समाज सेवामा टेवा पुग्ने विस्वासलिएको बताउदै ओसाकामा मृत्यु भएकी आरती खनालका लागि दूतबासले आवस्यक सबै प्रकारको सहयोग गर्ने बताउनु भएकोनिर्वतमान अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

राजदूतसगको भेटमा समिर केसी, राजन कुमार श्रेष्ठ, ईस्वरी कंडेल सहित कार्यसमितिका बरिष्ठ उपाध्यक्ष टंक गैरे , उपाध्यक्ष प्रदिपखरेल र अनिल पौडेल, केन्द्रिय सदस्य युबराज ढकाल एवं एनआरएन एसिया प्यासेफिकका सहसंयोजक दिपक कंडेलको सहभागितारहेको थियो । 

भेटमा चितवन समाज जापानले तय गरेको योजनाहरु सहित प्रकाशन गरेको नेपाली पात्रो राजदूत डा, सुवेदीलाई हस्तान्तरण गरिएकोथियो। 

ताजा समाचार