टोकियो
निजि भ्रमणमा जापान रहेका पोखरा महानगरपालिकाका वरिष्ट कानुन अधिकृत नारायाण प्रसाद शर्माको उपस्थितीमा पर्वत समाज जापानले स्वागत सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विहिबार टोकियोमा आयोजना गरिएको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा जापानमा क्रियासिल बिभिन्न संघ सस्थाका पदाधिकारीहरु सहित पर्वतेहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
एनआरएन जापानका कावा अध्यक्ष नविन न्यूउरेको प्रमुख आतिथ्यततामा सम्पन्न भएको कार्यक्रममा नेपालबाट निजि जापान भ्रमणमा जापान आउनु भएका शर्माले स्थानिय निर्वाचन पछिको स्थानिय निकायको काम, गैरआवसिय नेपालीहरुको महत्व एवं जापानको सरकारी निकायले जनतालाई दिने सेवाहरुको तरिकाहरुको बारेमा आफ्नो धारण राखेका थिए ।
कार्यक्रममा नविन न्यूउरे सहित एनआरएन जापानका महासचिव सिद्दार्थ श्रेष्ठ, जनजाति महासंघ जापानका उपाध्मक्ष बिकास श्रेष्ठ, मोहन घले लगायतले मतब्य राख्नु भएको थियो ।
पर्वत समाज जापानका अध्यक्ष सुभाष लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जापानमा क्रियासिल संघ सस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।