मंगलबार सांझ सेन्दाईमा बस दुर्घटनामा नेपाली विद्यार्थी नवराज तामाङ र युवराज थापा भएको पुष्टी, अन्य नेपाली बिद्यार्थीहरु सकुसल

टोकियो

मंगलबार सांझ ८ः१५ बजे सेन्दाई नजिकको कुरिहारा सिटि नजिकको राजमार्ग(हाईवेमा) रोकि राखेको बसलाई ट्रकले ठक्कर दिदा दुई नेपाली विद्यार्थी नवराज तामाङ र युवाराज थापाको दुखद निघन भएको जापान प्रहरीले जानकारी दिएको छ ।

जापानको सेन्दाई शहर स्थित सेन्दाई जापानिज भाषा विद्यालयमा अध्यनरत नेपाल भुलभुले गाउपालिका काभ्रे घर भएका करिब २२ बर्षका नवराज तामाङ र ओखलढुङा घर भई सेन्दाई स्थित खादान जोदोस्य गाक्कोमा अध्ययनरत करिब २७ बर्षका युवराज थापाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको एनआरएन सेन्दाईका बिनोद महतारा क्षेत्रीले निष्पक्ष न्यूजलाई जानकारी दिएका छन ।

मंगलबार सांझ सधै झै नेपाली तथा वंगाली विद्यार्थीहरुलाई तरकारी कम्पनीमा रातिको कामका लागि लैजाने क्रममा गाडी भित्र धुवा र गन्धा आएपछि सडक किनारमा अन्य विद्यार्थीलाई राखिएको अवस्थामा जापानिज नागरिक बस चालकलाई सहयोग गर्न गएका तामाङ र थापालाई ट्रकले ठक्कर दिदा मृत्यु हुन पुगेको थियो ।

नेपाली दूतबास टोकियोका उपनियोग प्रमुख अम्बिका जोशीले घटनाको पुष्टी गर्दै सबै पक्षसग सम्पर्कमा रहेको र दूतबासले आवस्यक सहयोग गर्ने बताउनु भयो ।

जापान प्रहरीले तामाङ र थापाको शवलाई पोष्टमार्टम पछि परिवारलाई जिम्मा दिने जानकारी दिएसगै उनिहरु अध्ययनरत स्कूल र एनआरएन सेन्दाई सहितको संघ सस्थाका प्रतिनिधिहरुले परिवारको रुचि अनुसार सहयोग गरिने बताएका छन ।

दुर्घटनामा परेका अन्य नेपाली सहित बंगलादेसका विद्यार्थीहरु लाई सोघपुछ र मेडिकल चेक पछि आआफ्नो कोठामा आईपुगेका छन ।

ताजा समाचार