टोकियो
शनिबारर जापानका अधिकांस स्थानहरुमा उच्च गर्मी हुने मौसमी विभागले सूचना जारी गरेको छ ।
विभागका अनुसार आज सबैभन्दा बढी साईतामा प्रान्तको कुमागयामा सबैभन्दा...
टोकियो
विहीबार विहान १० बजे टोकियोको ताचिकावामा रहेको बिद्युतिय शव गृहमा नाताले मामा भान्जा पर्ने बर्ष १३ का क्रिस पाण्डे र १४बर्षका देवेन पाण्डेको अन्तिम सस्कार भईरहदा उपस्थित सबैको आखामा आशु र मनमा पिडाले थिचिएको दृष्यले सबैलाई भावविह्हलबनाएको थियो ।
जुन १२ तारिक आईतबार बिदाका दिनको ४ बजे घर नजिकको तामा नदीमा पौडी खेल्ने गएका क्रिश र देवेन अब कहिल्यै नफर्कनेगरीसधैका लागि बिदा भएका छन । तामा नदीमा एक ९ बर्षिय भाई सहित क्रिस र देवेन पौडी खेल्ने क्रममा डुबे पछि प्रहरी र उद्दरकर्मिलेदुबैलाई ४० मिनेटपछि हस्पिटल लगेपनि बचाउन सकेका थिएनन । तिनै बालक क्रिश र देवेनको आज विहिबार अन्तिम संस्कार अन्येष्टीगरिएको हो ।
बाग्लुङ जिल्ला गल्कोट नगरपालिका वार्ड नं ६ चरौदीका क्रिश र कोहलपुर नगरपालिका १२ बांकेका देवेन नाताले मामभान्जा हुन ।
टोकियोको ताचिकावामा बस्ने खिम बहादुर पाण्डे र स्वर्गिय मैना पान्डेका एक मात्र छोरा १३ बर्षिय क्रिस आमा बितेको केहि समय पछिमृत्यू हुन पुगेको हो ।
त्यसैगरी क्रिस कै नाता पर्ने दामोदर पाण्डे र सरीता पाण्डेका छोरा हुन १४ बर्षिय देवेन पाण्डे ।
घर नजिक फुटबल खेल्न गएका दुबै मामा भान्जाका बारेमा जापान प्रहरीले खबर गरेपछि दुबै परिवारको आखामा आशुले भरिएकोथियो भने आज क्रिश र देवेनको अन्तिम बिदाईमा सिग्गो समाज नै दुखमा डुबेको हो ।
गल्कोट समाजले आज आयोजना गरिएको श्रद्धान्जली सभामा सहभागि सबै यो घटनाले भावविह्लल हुन पुगेका थिए ।
टोकियो
लामो कोरोना संक्रमण पछि नेपाली व्यवसायीहरूको वर्तमान अवस्था, चुनौती सहित जापान सरकारले जारी गरेको नियमहरुका बारेमानेपाली ब्यवसाय संघ (NBA) जापानले नागोयामा ब्यवसाय गरिरहेका नेपाली ब्यवसायीसग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जापानमा रहेका नेपाली ब्यबसायीहरूको सस्था नेपाली ब्यबसायी संघ (NBA) जापानले आयोजना गरेको एकदिने अन्तरक्रियाकार्यक्रममा कोरोना पछि जापान सरकारले लिएको करको निति, ब्यवसाय बृद्दीका योजनाहरु एवं सहुलियत ऋणको भुक्तानीलगायतका विषयमा अन्तरक्रिया गरिएको नेपाली ब्यवसायी संघ(NBA)जापानका अध्यक्ष विजेश थकालीले जानकारी दिनु भएको छ।
अन्तरक्रिया कार्यक्रममा नागोयामा विभिन्न ब्यवसाय संचालन गरिरहेका नेपाली ब्यबसायीहरूले कोरोना संक्रमण समयावधिमा देखापरेका नकारात्मक सकारात्मक पक्षहरू, ब्यवसायको अवस्था एवं कोरोनाले पारेकोले पारेको प्रभावका बारेमा गोविन्द श्रेष्ठ, भवानी पन्त , यम खत्री, पारसमणि पोखरेल , दीपक कार्कि ,डिलाराम खरेल , टंक गैरे , आत्माराम गैरे लगायतले आफ्नो धारणब्यक्त गरेका थिए ।
कार्यक्रममा जापान सरकारले व्यवसायीहरूलाई प्रदान गरेको अनुदान तथा सहुलियतपूर्ण ऋण लगायतका विषयहरुलाई हेलचक्राईगरेर समस्या निम्ताउनु भन्दा नियमसंगत जिम्मेवारीका साथ सहजिकरण र सजग हुनुपर्नेमा जोड दिएको छ । जापान सरकारले लिएको नितिएवं योजनाहरु बाट नेपाली ब्यवसायीले लिन सक्ने लाभ र आउन सक्ने विविध समस्याहरुको समाधानका लागि नेपाल व्यवसायीसंघ(NBA) ले सबै प्रकारका सहयोग प्रदान गर्ने प्रतिबद्दता ब्यक्त गरिएको एनबिए जापानका वरिष्ट उपाध्यक्ष दघिवल खडाकले बताउनुभयो ।
संघका अध्यक्ष बिजेश थकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपालीले संचालन गरेको दियालो रेष्टुरेन्टको हलमा सम्पन्न भएकोथियो ।
संघको नागोया क्षेत्रबाट नर बहादुर थापा संयोजक र अर्जुन के सी सह-संयोजक रहनेगरी नागोया सम्पर्क समिति बनाईएको छ।
नागोयामा सम्पन्न कार्यक्रममा टोकियोबाट NBA जापानका अध्यक्ष बिजेश थकालीको नेतृत्वमा बरिस्ठ उपाध्यक्ष दधिवल खड़का, उपाध्यक्ष संजीब पोख्रेल , कोषाध्यक्ष नर बहादुर थापा लगायतको सहभागिता भएको कार्यक्रमको सहजीकरण सचिब बाबुराम पौडेलगरेका थिए ।
टोकियो
आईतबार दिनको ४ बजे टोकियोको तामा नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यू भएका दुई नेपाली बालकको परिचय खुलेको छ ।
मृतक हुने १३ बर्षिय वालक क्रिस पाण्डेको ठेगाना बाग्लुङ जिल्ला गल्कोट नगरपालिका वार्ड नं ६ चरौदीका हुन भने १४ बर्षिय देवेनपाण्डेको ठेगाना कोहलपुर नगरपालिका १२ बांकेका हुन ।
टोकियोको ताचिकावामा बस्ने खिम बहादुर पाण्डे र स्वर्गिय मैना पान्डेका एक मात्र छोरा १३ बर्षिय क्रिस केहि समय अघि मात्रैजापानमा परिवारसगै बस्नेगरी जापान आएको बुझिएको छ ।
त्यसैगरी क्रिस कै नाता पर्ने दामोदर पाण्डे र सरीता पाण्डेका छोरा हुन १४ बर्षिय देवेन पाण्डे ।
यसरी घटेको रहेछ घटना -
ताचिकावामा रहेको घर नजिक पर्ने पार्कमा सधै फुटबल खेल्न यि दाजुभाई त्यसदिनमा पनि फुटबल खेल्न पार्क पुगेका थिए ।अभिभावकसग अनुमति लिएर एक ९ बर्षिय भाई सहित क्रिस र देवेन उक्त पार्कमा फुटबल खेलि सकेपछि करिब १५/२० लाग्ने ओमेनजिक रहेको तामा नदीमा तिनै जना साईकलमा आएका देखिन्छ ।
गर्मिसगै पौडि खेलिरहेको तिनै जना मध्ये क्रिस र देवन पौडि खेल्दा खेल्दै खोला तलमाथि गरेको ९ बर्षिय बालकले आफु भने खोलीकोकिनारमा पौडि खेलि रहेको अवस्था दुबैलाई बगाएको जानकारी दिएका थिए ।
९ बर्षिय बालक रुनु र अन्य दुई जनालाई खोलाले बगाएपछि त्यहा रहेको जापानिजले उद्दार कर्मिलाई खबर गरिदिएको प्रहरीलेबताएको छ । दुबै बालकहरुलाई उद्दारकर्मिहरुले हराएको ४० मिनेट पछि तत्काल दिन सक्ने उपचार सहित हस्पिटल लगेको बुझिएकोछ । हस्पिटल लगेपछि दुबै बालकलाई मृत घोषित गरेको थियो ।
प्रहरीले ९ बर्षिय बालकले दिएको सूचनाका आधारमा घर परिवारलाई खबर गरेपछि परिवार यो घटनाबाट अझै बाहिरा आउन नसकेकोपारिवारिक श्रोतले निपष्क्ष न्यूजलाई जानकारी दिएको छ ।
पारिवारीक श्रोतका दुबै बालकलाई टोकियोको ताचिकावामा जुन २३ तारिक १० बजे अन्तिम संस्कार गरिने जानकरी दिएका छन ।गल्कोट समाज जापानका महासचिव नविन न्युउरेका अनुसार बिहान ९ बजे श्रद्धान्जली सभाको आयोजना गर्ने तयारी गरिएको छ ।