टोकियो
आईतबार दिनको ४ बजे टोकियोको तामा नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यू भएका दुई नेपाली बालकको परिचय खुलेको छ ।
मृतक हुने १३ बर्षिय वालक क्रिस पाण्डेको ठेगाना बाग्लुङ जिल्ला गल्कोट नगरपालिका वार्ड नं ६ चरौदीका हुन भने १४ बर्षिय देवेनपाण्डेको ठेगाना कोहलपुर नगरपालिका १२ बांकेका हुन ।
टोकियोको ताचिकावामा बस्ने खिम बहादुर पाण्डे र स्वर्गिय मैना पान्डेका एक मात्र छोरा १३ बर्षिय क्रिस केहि समय अघि मात्रैजापानमा परिवारसगै बस्नेगरी जापान आएको बुझिएको छ ।
त्यसैगरी क्रिस कै नाता पर्ने दामोदर पाण्डे र सरीता पाण्डेका छोरा हुन १४ बर्षिय देवेन पाण्डे ।
यसरी घटेको रहेछ घटना –
ताचिकावामा रहेको घर नजिक पर्ने पार्कमा सधै फुटबल खेल्न यि दाजुभाई त्यसदिनमा पनि फुटबल खेल्न पार्क पुगेका थिए ।अभिभावकसग अनुमति लिएर एक ९ बर्षिय भाई सहित क्रिस र देवेन उक्त पार्कमा फुटबल खेलि सकेपछि करिब १५/२० लाग्ने ओमेनजिक रहेको तामा नदीमा तिनै जना साईकलमा आएका देखिन्छ ।
गर्मिसगै पौडि खेलिरहेको तिनै जना मध्ये क्रिस र देवन पौडि खेल्दा खेल्दै खोला तलमाथि गरेको ९ बर्षिय बालकले आफु भने खोलीकोकिनारमा पौडि खेलि रहेको अवस्था दुबैलाई बगाएको जानकारी दिएका थिए ।
९ बर्षिय बालक रुनु र अन्य दुई जनालाई खोलाले बगाएपछि त्यहा रहेको जापानिजले उद्दार कर्मिलाई खबर गरिदिएको प्रहरीलेबताएको छ । दुबै बालकहरुलाई उद्दारकर्मिहरुले हराएको ४० मिनेट पछि तत्काल दिन सक्ने उपचार सहित हस्पिटल लगेको बुझिएकोछ । हस्पिटल लगेपछि दुबै बालकलाई मृत घोषित गरेको थियो ।
प्रहरीले ९ बर्षिय बालकले दिएको सूचनाका आधारमा घर परिवारलाई खबर गरेपछि परिवार यो घटनाबाट अझै बाहिरा आउन नसकेकोपारिवारिक श्रोतले निपष्क्ष न्यूजलाई जानकारी दिएको छ ।
पारिवारीक श्रोतका दुबै बालकलाई टोकियोको ताचिकावामा जुन २३ तारिक १० बजे अन्तिम संस्कार गरिने जानकरी दिएका छन ।गल्कोट समाज जापानका महासचिव नविन न्युउरेका अनुसार बिहान ९ बजे श्रद्धान्जली सभाको आयोजना गर्ने तयारी गरिएको छ ।