टोकियो
दुई दिन सम्म काममा नगएपछि कोठामा खोजविन गर्न आउदा आफ्नो कोठामा मृत भेटिएका म्याग्दी जिल्ला मंगला गाउ पालिका ४बरंजाका अर्जुन रोक्का मगरतो अन्तिम क्रिया जुन ३० तारिकमा जापानमा नै हुने भएको छ ।
सात बर्ष अघि बिद्यार्थी भिषामा जापानको ओसाका आएका बर्ष ३१ का अर्जुन, बिद्यार्थीबाट कम्पनीमा कामदार भिषामा (स्याईन)पूर्णकालिन कामदर भिषा परिवर्तन गरेका थिए । तिन दिदि बहिनीका एक्ला भाई अर्जुनले आउनु भन्दा केहि समय अघि बिवाह समेतगरि जापान आएको पारिवारले जानकारी दिएको छ ।
श्रीमती जापान ल्याउने तयारी गरिरहेका रोक्का दुई दिन देखि काममा नगएपछि काम गर्ने कम्पनीबाट बस्ने कोठामा खोजिका लागिआउदा वासिङ मिसिनको डोरिले घाटीमा बेरीएको अवस्था कोठामा नै मृत भेटिएको एनआरएन आईसिसिका सदस्य एवं मोना (म्यादेलीसंजाल) का निर्वतमान अध्यक्ष दिपक कार्कीले निपष्क्ष न्यूजलाई जानकारी दिएका छन ।
परिवार तथा कम्पनीको सहमती अनुसार अर्जुनको शवलाई जुन ३० तारिक विहीबार विहान जापानको ओसाकामा अन्येष्टी गरिने तयभएको कार्कीले बताएका छन । परिवारका एक्ला छोरा एवं सात बर्षमा एकपटक पनि नेपाल नगएका अर्जुनको शवलाई नेपाल लैजानेपरिवारको चाहान भएपनि विविध कठिनाईले जापानमा अन्तिम कार्य गर्नु परेको कार्कीले बताए ।
अर्जुनले ६ बर्ष सम्म निकै कठिन मानिने विद्यार्थी जिवन बिताए पनि कम्पनी समेत छनौटगरी कामशुरु गरिसकेका अर्जुनले आफ्नो मृत्यूआफै रोजेको पोष्टमार्टम रिपोट प्रहरीले कार्कीलाई बुझाएका थिए । अर्जुनले के कति कारणले यस्तो अप्रिय निर्णय गर्नपुगे खुल्नसकेको छैन ।
यसैविच म्याग्देली संजाल (मोना) जापानले अर्जुन रोक्का मगरको परिवार एवं शव ब्यवस्थापनको लागि सहयोग संकलन शुरुगरेको छ ।
जुन महिनामाको शुरुवातमा नेपालबाट दुई हप्ता नहुदै मृत्यू रोजेका युवा एवं टोकियोमा ब्यवसाय गर्दै गरेका ब्यक्ति सहित अर्जुनकोयस्तो निर्णयले जापानमा रहेको नेपाली समूदयमा आत्महत्याहरु रोकथामका लागि योजना सहित सचेतनाको कार्यक्रमहरु छिटो गर्नु पर्नेमादबाब बढेको देखिन्छ ।
टोकियो
जापानको ओसाका शहरमा म्याग्दी जिल्ला मंगला गाउ पालिका ४ बरंजा घर भएका रोक्का मगर थर भएका युवाले आफनो मृत्यू आफै रोजेकाछन ।
बिद्यार्थी भिषाबाट कामदार भिषामा परिवर्तन गरेका रोक्का दुई दिन देखि काममा नगएपछि काम गर्ने कम्पनीबाट बस्ने कोठामा खोजिकालागि आउदा वासिङ मिसिनको डोरिले घाटीमा बेरीएको अवस्था भेटिएको खबर प्राप्त भएको छ ।
आज भन्दा सात बर्ष अघि बिवाह गरेर जापान आएका रोक्का मगर एक पटक पनि नेपाल नगईकन मृत्यूलाई आत्मसात गरेको देखिन्छ।
केहि दिन अघि श्रीमतीलाई फोनमा अब जापानमा सगै बस्ने कुरा भएको श्रीमतीले बताएपछि मृतक रोक्का र श्रीमती विच केहि विषयमाअसमदारी बनेको बताएईएको छ ।
रोक्काले किन आफै मृत्यू रोजे त्यसको बारेमा प्रहरीले पोष्टमार्टम पछि पत्ता लाग्ने जनाएका छन ।
एनआरएन आईसिसिका सदस्य दिपक कार्कीका अनुसार नेपालमा परिवारसग घटना र त्यसपछिको के गर्ने बारेमा घर परिवारसग छलफल भएको निपष्क्ष न्यूजलाई बताए ।
जुन महिनामा जापानमा ७ नेपालीहरु मृत्यू भईसकेको छ ।