टोकियो
जुन महिनाको अन्तिम हप्ताबाट जापानमा गर्मी बढ्दो छ ।
आज जुन महिनाको अन्तिम दिनमा पनि विहानैबाट तातो हावा सहित टोकियोमा विहान १० बजे नै ३५ डिग्री मापन गरिएको छभने जापानमा आज ४० डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।
अत्यधिक गर्मीका कारण बिरामी हुने संख्यामा दिन प्रतिदिन बढ्दो रहेको छ ।
गर्मीका कारण बिरामी बढेपछि सरकारले सकरभर दिनको उच्च गर्मीको समयमा बाहिर ननिस्किन तथा घरमा बस्दा पनि एसी तथा कुलर राम्रोसंग चलाएर,चिसो बनाएर बस्नका लागि आग्रह गरिएको छ ।
मौसम विभागका अनुसार जापानभर गर्मीको महसुश हुनेछ भने कान्तो क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्रीसम्म पुग्ने एवं तोहोतु र क्युसु क्षेत्रमा न्युनतमा ३५ डिग्री रहने सूचना जारी गरेको छ।