टोकियो
बिदाको दिनमा परिवार सहित टोकियो नजिकको तामा नदिमा पौडिन गएका एक नेपाली परिवारमा बज्रपात आईपरेको छ ।
आईतबार दिनको करिब ४ बजे टोकियो नजिकको हिनो नगरमा रहेको तामा नदीमा डुबेर १३ र १४ वर्षिया २ जना नेपाली बालकहरु बालकहरुको नदिमा डुबेर निधन भएको हो ।
टोकियो महानगरीय प्रहरीजारी गरेको सूचना अनुसार खोलामा डुबेर मृत्यु हुने बालकहरु नेपाली भएको र ठेगाना सार्वजानकि गरेपनि नाम भने गोप्य राखेको छ ।
प्रहरी दिएको जानकारी अनुसार घटना भएको केहि समयमा नै घटनास्थलमा पुगेर उनिहरुको खोजी गर्दा, करिब ४० मिनेटपछि ति दुबै जना बालकहरु अचेत अवस्थामा भेटिएका थिए । दुबै बालकहरुलाई तुरुन्त अस्पताल लगिएको भएपनि अस्पत्ताल पुर्याउदा दुबै वालकको निधन भईसकेको अस्पतालले जानकारी दिएको थियो ।