Homeजापान विशेष

जापान विशेष

दुबै किड्नी फेल भएका कास्कीका सुरज गुरुङलाई जापानबाट सहयोग रकम हस्तान्तरण

टोकियो  लामो समय देखि दुबै किड्नीको उपचार गराई रहेका कास्कि जिल्ला अन्नपूर्ण गाउ पालिका ६ लुम्ले घर भएका सुरज गुरुङलाई आफन्न्तहरुको सहयोगमा जापानबाट आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।  घरमा बुबा पनि प्याराईसिसको रोगी भएका ७१ बर्षिय हर्क बहादुर गुरुङको उपचार गराउने बाध्यता रहेको गुरुङ परिवारमा छोराको पनिदुबै किडनी फेल भएपछि आर्थिक समस्यामा परेको हो ।  गुरुङ परिवारलाई सहयोग पुगोस भनि जापानमा रहेका आफन्तहरुले सहयोग गरेको अभियानका संयोजक रिता घलेले जानकारी दिनुभयो ।  परिवारमा बुबा र छोरा खर्चिलो एवं दिर्घ रोगी भएपछि गुरुङ परिवारमा आर्थिक सहयोग गर्दा उत्तम हुने देखिएपछि चिनेका साथिहरुसगसल्लाह गरी राहत संकलन शुरु गरिएको र सहयोगिहरुले १ लाख ५० हजार ५ सय रुपैया सहयोग रकम पोखरामा गई घलेले गुरुङपरिवारलाई हस्तान्तरण गरिएको थियो ।  प्यारालाईसिस बुबा र किड्नी फेल भएका छोराको पोखरामा उपचार भईरहेको छ ।  सहयोग गर्ने सहयोगदाताहरु:-

नेपालीलाई सहयोग गर्ने जापानिजहरुलाई एनआरएन नागानोद्वारा सम्मान

टोकियो जापानमा बस्ने नेपाली एवं नेपालमा नै गई नेपाल र नेपालीलाई सहयोग गरेका नागानो (केन) प्रान्तका जापानिज नागरिकहरुलाई एनआरएन नागानोले सम्मान गरेको छ ।...

जापानको टोकियो स्थित ओचुकामा गएराति रामेन पसलमा दुई समुह विच झडप हुदा २ नेपाली घाईते

टोकियो गएराति करिब २:४० बजे ओचुका स्थित रामेन पसलमा नेपाली र विदेशी नागरिक विच झडप हुदा २ नेपाली घाईते भएका छन । अक्टुबर ३१...

नेवाः अन्तराष्ट्रिय फोरम जापानद्वारा टोकियोमा म्हःपुजा सम्पन्न

टोकियो नेवाःअन्तराष्ट्रिय फोरम जापानद्वारा टोकियो सामुहिक म्हः पुजा सम्पन्न गरेको छ । आफ्नो कला, संकृति र परम्परा जापानमा पनि मनाउने र आफ्नो सन्ततीलाई सस्कार सिकाउनुका...

हराएको भनिएको २ करोड ५४ लाख मध्ये एनआरएन जापानको खातामा २ करोड १८ लाख प्राप्त, बाकि सबै रकम सहमति अनुसार छिटो हस्तान्तरण गर्न अनुरोध

टोकियो गैर आवसीय नेपाली संघ(एनआरएन) जापानको कोषबाट निर्वाचन पछि खाता र खातामा रहेको २ करोड ५४ लाख ४१ हजार भन्दा बढि रकम हराएको भनिएकोमा अक्टोबर...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने