टोकियो
गैर आवसीय नेपाली संघ(एनआरएन) जापानको कोषबाट निर्वाचन पछि खाता र खातामा रहेको २ करोड ५४ लाख ४१ हजार भन्दा बढि रकम हराएको भनिएकोमा अक्टोबर २९ तारिक सम्ममा २ करोड १८ लाख भन्दा बढी रकम प्राप्त भएको जानकारी दिएको छ ।
एनआरएन जापानका महासचिव सिद्दार्थ श्रेष्ठले अक्टुबर २९ तारिक जारी गरेको विज्ञप्तीमा संघको आधिकारीक बैङ खातामा विभिन्न मितिमा रकमहरु प्राप्त भएको एवं अझै रकम बाकि रहेको भन्दै सम्बन्धित पक्षलाई छिटो रकम बुझाईदिन अनुरोध समेत गरिएको छ ।
विज्ञप्तीमा जनाईए अनुसार निर्वाचन पछि शिव प्रसाद पौडेल अध्यक्ष रहेको कार्यसमितिमा ४ सय ७० येन राखि अरु पैसा झिकिएको एवं निर्वतमान समितिले २ करोड ५४ लाख ४१ हजार ८ सय १० येन बुझाउन बाकि रहेको बताउदै यस विचमा बिभिन्न चरण गरि पहिलो पटक ५ महिनाको १३ तारिक बैङ मार्फत ७० लाख प्राप्त भएको त्यलैगरी ९ महिनाको १४ तारिकमा ५० लाख नगद प्राप्त भएको एवं १० महिनाको २८ तारिक १ करोड ११ लाख ८३ हजार १ सय १९ येन बैङ मार्फत प्राप्त भएको जानकारी दिदै बांकि रकम छिटो भन्दा छिटो बुझाई दिन अनुरोध गरेका छन ।
विज्ञप्तीमा जापानवासि नेपालीको सम्पतिको रुपमा रहेको एनआरएन जापानको गुमनाम पारिएको रकम प्राप्त गर्न साथ र सहयोगका लागि सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्दछौ भनिएको छ ।