टोकियो
गएराति करिब २:४० बजे ओचुका स्थित रामेन पसलमा नेपाली र विदेशी नागरिक विच झडप हुदा २ नेपाली घाईते भएका छन ।
अक्टुबर ३१ तारिकको विहान रामेन पसलमा दुई विदेशी समुहका विच झडप हुन पुगेको बताईएको छ । झडपमा ३० बर्षका र अर्को एक नेपालीलाई चक्कु र बोतल प्रहारगरी घाईते भएको आसाहि सिम्बुनले जनाएको छ । र उनिहरु खतरामुक्त रहेको सुगामो प्रहरीले जानकारी दिएको छ ।
घाईते नेपालीको नाम गोप्य राखिएको छ ।
झडप पछि १० जनाको विदेशी समुह भागेको बताईएको छ । झडपमा सम्मिलित ब्यक्तिहरुलाई सुगामो प्रहरीले खोजि रहेको समाचारमा जनाईएको छ । ति समुह नेपाली वा अन्य कुन देशका थिए त्यो भने समाचारमा उल्लेख गरिएको छैन ।