टोकियो
नेवाःअन्तराष्ट्रिय फोरम जापानद्वारा टोकियो सामुहिक म्हः पुजा सम्पन्न गरेको छ ।
आफ्नो कला, संकृति र परम्परा जापानमा पनि मनाउने र आफ्नो सन्ततीलाई सस्कार सिकाउनुका साथै नेवार जातिको सस्कृती जापानिजहरुलाई समेत परिचय दिंदै जाने उदेश्य सहित कार्यक्रम आयोजना गरिएको अध्यक्ष बालकृष्ण डंगोलले जानकारी दिनुभयो ।
कोरोनाको कारण गएको दुई वर्ष हुन नसकेको कार्यक्रम यो वर्ष सामुहिकरूपमा म्हः पुजा सम्पन्न भएको नेवा फोरमका महासचिव शिव तण्डुकारले बताउनुभयो ।
स्वर्गिय सत्य मोहन जोशीलाई श्रद्धाञ्जलीअर्पण गर्दै माल्यार्पण गरी शुरु भएको कार्यक्रममा नेपाल सम्वतका सुरूवातकर्ता समाजसेवी शंखधर साख्वाको प्रतिमामा पूर्व अध्यक्ष ज्ञानु खातो मानन्धर एवं वर्तमान अध्यक्ष बालकृष्ण डंगोलले सयुक्त्तरूपमा दीप प्रज्जोलन गरी नयाँ वर्ष ११४३ को शुभकामना प्रदान गरिएको थियो ।
साना वाबु नानी सहित ७० भन्दा बढी सहभागि कार्यक्रममा म्ह: पुजा गरिएको थियो । शरीरको शुद्धिकरण र सुस्वास्थको कामना गर्दै गरिने म्हः पुजा नेवाःहरूको महत्वपुर्ण परम्परा मध्ये एक हो । कार्यक्रममा जापानवासी नेवाः समुदायको व्यक्तिहरू मात्र नभएर अन्य समुदायको व्यक्तिहरू लगायत जापानिजहरूको पनि सहभागित रहको थियो ।
पुजा पश्चात नेवारी खानाको परिकार सहित नेवारी गित संगितहरु पनि प्रस्तुत गरिएको थियो ।