दुबै किड्नी फेल भएका कास्कीका सुरज गुरुङलाई जापानबाट सहयोग रकम हस्तान्तरण


टोकियो 

लामो समय देखि दुबै किड्नीको उपचार गराई रहेका कास्कि जिल्ला अन्नपूर्ण गाउ पालिका ६ लुम्ले घर भएका सुरज गुरुङलाई आफन्न्तहरुको सहयोगमा जापानबाट आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । 

घरमा बुबा पनि प्याराईसिसको रोगी भएका ७१ बर्षिय हर्क बहादुर गुरुङको उपचार गराउने बाध्यता रहेको गुरुङ परिवारमा छोराको पनिदुबै किडनी फेल भएपछि आर्थिक समस्यामा परेको हो । 

गुरुङ परिवारलाई सहयोग पुगोस भनि जापानमा रहेका आफन्तहरुले सहयोग गरेको अभियानका संयोजक रिता घलेले जानकारी दिनुभयो । 

परिवारमा बुबा र छोरा खर्चिलो एवं दिर्घ रोगी भएपछि गुरुङ परिवारमा आर्थिक सहयोग गर्दा उत्तम हुने देखिएपछि चिनेका साथिहरुसगसल्लाह गरी राहत संकलन शुरु गरिएको र सहयोगिहरुले १ लाख ५० हजार ५ सय रुपैया सहयोग रकम पोखरामा गई घलेले गुरुङपरिवारलाई हस्तान्तरण गरिएको थियो । 

प्यारालाईसिस बुबा र किड्नी फेल भएका छोराको पोखरामा उपचार भईरहेको छ । 

सहयोग गर्ने सहयोगदाताहरु:-

ताजा समाचार