टोकियो
युवा माझ चर्चामा रहेको एमआरआर(MRR) जापानको आयोजनमा आउँदो अप्रिल १५ तारिख (नेपाली बिक्रम सम्वत)नयां बर्षकोशुभकामना सहित बारबिक्यू कार्यक्रमको तयारी अन्तिम चरण पुगेको संयोजन टिमले जाकारी दिएको छ ।
जापानमा रहेका एमआरआर ग्रुपमा आवद्ध सदस्यहरु बीच नेपाली नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदान-प्रदान सहितबारबिक्यू कार्यक्रम आयोजना गर्ने घोषण गरेको थियो । साईतामा प्रिफेक्चरको साईको दोमान ग्रिन पार्कमा आयोजना हुने कार्यक्रममा एमआरआर जापानभित्र रहेका नेपाली पुरुष युवाहरुको सहभागिता हुने संयोजक मध्येका एक नेत्र प्रसाद पाण्डेले निष्पक्ष न्यूजलाई जानकारी दिएका छन ।
पान्डेका अनुसार MRR Japan ग्रुपमा हालसम्म १० हजार ३ सय जनाभन्दाबढि सदस्यहरु रहेका र एक महिना अघिनै देखि नै योजनाबनाई कार्यक्रममा सहभागी हुन ईच्छुकहरुलाई तोकिएको शुल्क अग्रिमरुपमा तोकिएको अबधीमा सूचना जारी गरिएकोमा १ सय १जनाले नाम दर्ता गराएको जानकारी दिए ।
एकआपसमा भाईचारा र अपनत्व बढाउने उदेश्यले आयोजित यस कार्यक्रमलाई सभ्य र भव्यताका साथ सफल बनाउन सबै सहभागिहरुलाई संयोजन टिमले अनुरोध गरेको छ ।
अप्रिल महिनाको १५ तारिख बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म हुने बार्बेक्यु कार्यक्रममा अल्कोहल प्रयोग नहुने आयोजकले जानकारी दिएका छन ।
टोकियो
लोकप्रिय गायक प्रकाश दूतराज एवं गायिका सुनितामि परियारको प्रस्तुती रहने म्युजिकल नाईट टोकियोको तयारी पुरा भएको छ ।
गजबको ईन्टरमेन्टले आयोजना गर्न लागेको...
टोकियो
जापानमा हृदयघात भई मृत्युभएका गलकोट नगरपालिका वार्ड नम्बर ७ का ४३ वर्षीय पदमबहादुर चोखालको शनिबार जापानमा नै अन्तेष्टि सम्पन्न भएको छ ।
विगत १४ वर्षदेखि...
टोकियो
जापानको एक हप्ताको भ्रमण जापान आईपुगेका चितवन स्थित भरतपुर महानगर पालिकका प्रमुख रेणु दाहाललाई चितवन समाज जापानले टोकियमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ...