युवाहरु माझ चर्चित एमआरआर(MRR)समुहले जापानमा आयोजना गर्ने बारबिक्यूको तयारी पुरा

टोकियो

युवा माझ चर्चामा रहेको एमआरआर(MRR) जापानको आयोजनमा आउँदो अप्रिल १५ तारिख (नेपाली बिक्रम सम्वत)नयां बर्षकोशुभकामना सहित बारबिक्यू  कार्यक्रमको तयारी अन्तिम चरण पुगेको संयोजन टिमले जाकारी दिएको छ ।

जापानमा रहेका एमआरआर ग्रुपमा आवद्ध सदस्यहरु बीच नेपाली नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदान-प्रदान सहितबारबिक्यू कार्यक्रम आयोजना गर्ने घोषण गरेको थियो । साईतामा प्रिफेक्चरको साईको दोमान ग्रिन पार्कमा आयोजना हुने कार्यक्रममा एमआरआर जापानभित्र रहेका नेपाली पुरुष युवाहरुको सहभागिता हुने संयोजक मध्येका एक नेत्र प्रसाद पाण्डेले निष्पक्ष न्यूजलाई जानकारी दिएका छन । 

पान्डेका अनुसार MRR Japan ग्रुपमा हालसम्म १० हजार ३ सय जनाभन्दाबढि सदस्यहरु रहेका र एक महिना अघिनै देखि नै योजनाबनाई कार्यक्रममा सहभागी हुन ईच्छुकहरुलाई तोकिएको शुल्क अग्रिमरुपमा तोकिएको अबधीमा सूचना जारी गरिएकोमा १ सय १जनाले नाम दर्ता गराएको जानकारी दिए ।

एकआपसमा भाईचारा र अपनत्व बढाउने उदेश्यले आयोजित यस कार्यक्रमलाई सभ्य र भव्यताका साथ सफल बनाउन सबै सहभागिहरुलाई  संयोजन टिमले अनुरोध गरेको छ । 

अप्रिल महिनाको १५ तारिख बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म हुने बार्बेक्यु कार्यक्रममा अल्कोहल प्रयोग नहुने आयोजकले जानकारी दिएका छन ।

ताजा समाचार