टोकियो
जापानको एक हप्ताको भ्रमण जापान आईपुगेका चितवन स्थित भरतपुर महानगर पालिकका प्रमुख रेणु दाहाललाई चितवन समाज जापानले टोकियमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
टोकियो स्थित रातोमाटो रेष्टुरेन्टमा दिवा भोज सहितको स्वागत कार्यक्रम चितवन समाजका अध्यक्ष राजन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
स्वागत कार्यक्रममा भरतपुर महानगरपालिकाकका प्रमुख रेणु दाहालले अन्तराष्ट्रिय नारी दिवशको दिनमा नै जापानमा बसोबास गर्ने चितवनबासीसग चिनजान सहित स्वागत गर्नु भएकोमा आभार ब्यक्त गर्दै चितवन र भरतपुरको बिकासमा हातेमालो गर्न उहाले आग्रह गर्नु भयो ।
प्रमुख दाहाल जापानमा रहदा खानागावको योकोसुका नगर र भरतपुर महानगर विच भगिनी सम्बन्ध गास्ने सहमतिमा हस्तक्षर हुने कार्यक्रम तय भएको छ । दुबै शहरका विच प्रविधि, सास्कृतिक एवं भातृत्व बिकास गर्ने एवं दुबै नगरका विच बिकास र सम्बन्ध आदान प्रदान गर्ने विषयमा हस्ताक्षर हुने जानकारी दिईएको छ ।
स्वागत कार्यक्रम एनआरएन आईसिसि उपाध्यक्ष महेश श्रेष्ठ, आईसिसि उपाध्यक्ष भूषण घिमिरे, आईसिसि उपमहासचिव ओम गुरुङ, अरुण कुमार श्रेष्ठ एवं योकोसुका भरतपुरसग भगिनी सम्बन्ध बनाउन संयोजन गरेका चितवन समाज जापानका सस्थापक अध्यक्ष लोकनाथ वस्तीले आफ्नो अनुभव बताएका थिेए ।
स्वागत कार्यक्रम एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल, ढकाल, गलकोट समाजका अध्यक्ष कालिका थापा, जनप्रगतिशिल मंचका अध्यक्ष भवानी पन्त लगायतको उपस्थितीमा स्वागत कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम संचालन चितवन समाज जापानका महासचिव हरिचन्द्र पौडेलले एवं स्वागत मतब्य कोष्ध्यक्ष टंक गैरेले गरेका थिए ।