Homeजापान विशेष

जापान विशेष

फुटबल खेल्न जापान आएका नेपाली फुटबल खेलाडीहरुलाई पर्वत समाज जापानद्वारा सम्मान

टोकियो जापानमा १२ बर्ष मुनि उमेर समुहको फुटबल प्रतियोगितामा सहभागि हुन जापान आईपुगेका नेपाली फुटबल खेलाडीहरु लाई पर्वत समाज जापानले सम्मान गरेको छ । मंगलबार...

सुदुरपश्चिम समाज सेन्दाईको अध्यक्षमा एलिस चन्द

टोकियो सुदुरपश्चिम समाज सेन्दाई जापानको चौथो अधिबेसनबाट एलिस चन्दलाई अध्यक्षमा निर्वाचित गरि सम्पन्न भएको छ। अधिबेसनले उपाध्यक्षहरु बिक्रम बहादुर चन्द,केशब पाण्डे सचिबमा केशब जोशी,सहसचिबमा मकेन्द्र...

जापानको ओकिनावामा नेपाली बिद्यार्थीले रोजे आफ्नै मृत्यु

टोकियो जापानको ओकिनावामा विद्यार्थी भिषामा आएका नेपाली बिद्यार्थीको मृत्यु भएको छ ।   नेपाल तुल्सीपुर दाङ घर भएका खिम बुढामगर नाम गरेका नेपाली बिद्यार्थीको मृत्यु भएको जापान प्रहरीले जानकारी दिएको छ । २०२२को मध्य तिर बिद्यार्थी भिषामा जापान आईपुगेका बुढामगरले आफ्नो मृत्यु आफै रोजेको देखिएको एनआरएन जापान ओकिनावा क्षेत्रिय समितिका संयोजक ज्ञानु भट्टले निष्पक्ष न्यूजलाई जानकारी दिनुभयो । बुढामगर उनी बस्ने गरेको होस्टेलमा मृत अवस्थामा भेटिएका थिएभने उनको मृत्युको कारण पोष्ट मार्टम रिपोर्ट पछि प्रष्ट हुने जनाईएकोछ । मृत्युबारे नेपालस्थित उनका परिवारका सदस्यहरुलाई जानकारी गराइएको छ भने परिवारको सल्लाहमा उनको अन्तिम संस्कार गरिनेजानकारी दिईएको छ । 

नेपाल आदिवासी जनजाती महासंघ(नेफिन ) जापानको  अध्यक्षमा शुकमान थिङ चयन

टोकियो नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान १८ औं महाधिवेशनबाट अध्यक्षमा सुकमान थिङ तामाङलाई सर्वसम्मत रुपमाचयन गरेको छ । टोकियोमा मार्च २६ तारिखमा बागमती प्रदेश सभासद अमन कुमार मास्केको प्रमुख आतिथ्यतामा र  जापानका लागि नेपाली राजदूतडाक्टर दुर्गाबहादुर सुवेदीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । जनजाति महासंघ जापानमा आवद्ध १० जातीय संस्थाहरुको नेतृत्वबीच लामो छलफल पछी  अध्यक्ष दावेदार चार उम्मेद्वारहरु श्री गुरुङ, शिशिर लिम्बु, रित राना मगर र कर्मा वाङगेल लामाबीच सहमति जुट्न नसकेपछि चक्रीय प्रक्रियालाई अवलम्बन गरि अध्यक्षमा सुकुमानथिङ तामाङलाइ सर्वसम्मत रुपमा चयन गरिएको हो ।  महाधिबेशनले बरिष्ठ उपाध्यक्षमा श्रीभक्त गुरुङ, उपाध्यक्षहरुमा केबी शेर्पा, शिशिर लिम्बू, थानु राना मगर, र महिला उपाध्यक्षमाप्रमिला गौचन महासचिवमा प्रमिला राई, सचिवमा बालविक्रम तिगेला, कोषाध्यक्षमा कान्छा लामा (शेर्पा), प्रवक्तामा भविन्द्र कुलुङ रसदस्यहरुमा क्रमश युवराज लावाती, नरेश राई, मनिष थापा मगर चयन भएका छन भने अन्य महिला सचिव सदस्य गरि बांकिकार्यसमिति संघीय परिषदले मनोनित गर्ने भएको छन । त्यसैगरि अध्यक्ष प्रत्याशी  हाललाई रित राना मगरलाईसल्लाहकारमा  मनोनित गरेको छ । महाधिवेशनको बन्द सत्रबाट आर्थिक र प्रगति प्रतिवेदन पारित गरि नयाँ नेफिन जापान संघीय परिषद सचिवालय सर्वसहमत रूपमाथियो । कोषाध्यक्षको अनुपस्थिति रहकोले महासचिव शिशिर लिम्बुलेनै प्रस्तुत गर्नुभएको थियो ।  महासचिव लिम्बुले अधिबेशन खर्चसमाबेश गरेर यही अप्रिल ४ तारिख एक कार्यक्रमका बीच बरबुझारत गर्ने समेत जानकारी दिनुभयो । नेपालमा संघीयताको बर्तमान अबस्थाबारे बहस  यसैवीच नेफिन जापानले  १८ औ महाधिबशेनको संघारमा नेपालमा संघीयताको बर्तमान अबस्थाबारे बहस कार्यक्रम आयोजना गरेकोछ । अतिथिबक्ताहरु मानवशास्त्री डा. संग्राम सिह लामा,मिराक अध्यक्ष लोकतान्त्रिक राष्ट्रिय मंच मा. कुमार लिङ्देन,स्वास्थ्य मन्त्री प्रदेश नं. १का निर्मलालिम्बू  ,प्रा.डा. महेन्द्र लावती राजनीतिक विश्लेषक डा. के.के. राई ,राजनीतिक विश्लेषक दिपक तुलाघर र मोफसलमा रहेर पत्रकारिता गरिरहनुभएका बरिष्ठ पत्रकार भवानी बरालले नेपालमा संघीयताको बर्तमान अबस्थाबारे आफ्नोप्रस्तुतिहरु राख्नुभएको थियो । सम्मान मायाको चिनो प्रदान  नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले  १८ औं महाधिवेशनकै अवसरमा संस्थालाइ हर तवरबाट सहयोग पुराउनुभएकाब्यक्तित्वहरुलाइ मायाको चिनो प्रदान गरी सम्मान गरेको छ । सम्मानित हुने ब्यक्तित्वहरुमा नेपाली समुदायको बिकास र सहयोग गर्न  महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएकोमा नेपाली दुताबासटोकियोका राजदूत डाक्टर दुर्गाबहादुर सुवेदी र गैरआवसिय नेपालि संघ एनआरएन जापान एव महासंघलाई विशिष्ट योगदान र लगातार ५ पल्ट थकाली सेवा समिति जापानका अध्यक्ष हुनु भएकोमा थकाली सेवा समिती जापानका अध्यक्ष...

आदिवासी जनजाती महासंघ जापानको १८ औँ महाधिवेशनको तयारी पुरा

अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता टोकियो नेपाल आदिवासी जनजाति महासंघ जापानको मार्च २६ तारिक टोकियोमा हुने १८ औ महाधिबेशनको तयारी पुरा भएको छ । “पहिचान...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने