जापानको ओकिनावामा नेपाली बिद्यार्थीले रोजे आफ्नै मृत्यु

टोकियो


जापानको ओकिनावामा विद्यार्थी भिषामा आएका नेपाली बिद्यार्थीको मृत्यु भएको छ ।  

नेपाल तुल्सीपुर दाङ घर भएका खिम बुढामगर नाम गरेका नेपाली बिद्यार्थीको मृत्यु भएको जापान प्रहरीले जानकारी दिएको छ । २०२२को मध्य तिर बिद्यार्थी भिषामा जापान आईपुगेका बुढामगरले आफ्नो मृत्यु आफै रोजेको देखिएको एनआरएन जापान ओकिनावा क्षेत्रिय समितिका संयोजक ज्ञानु भट्टले निष्पक्ष न्यूजलाई जानकारी दिनुभयो ।

बुढामगर उनी बस्ने गरेको होस्टेलमा मृत अवस्थामा भेटिएका थिएभने उनको मृत्युको कारण पोष्ट मार्टम रिपोर्ट पछि प्रष्ट हुने जनाईएकोछ ।

मृत्युबारे नेपालस्थित उनका परिवारका सदस्यहरुलाई जानकारी गराइएको छ भने परिवारको सल्लाहमा उनको अन्तिम संस्कार गरिनेजानकारी दिईएको छ । 

ताजा समाचार