टोकियो
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान १८ औं महाधिवेशनबाट अध्यक्षमा सुकमान थिङ तामाङलाई सर्वसम्मत रुपमाचयन गरेको छ ।
टोकियोमा मार्च २६ तारिखमा बागमती प्रदेश सभासद अमन कुमार मास्केको प्रमुख आतिथ्यतामा र जापानका लागि नेपाली राजदूतडाक्टर दुर्गाबहादुर सुवेदीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।
जनजाति महासंघ जापानमा आवद्ध १० जातीय संस्थाहरुको नेतृत्वबीच लामो छलफल पछी अध्यक्ष दावेदार चार उम्मेद्वारहरु श्री गुरुङ, शिशिर लिम्बु, रित राना मगर र कर्मा वाङगेल लामाबीच सहमति जुट्न नसकेपछि चक्रीय प्रक्रियालाई अवलम्बन गरि अध्यक्षमा सुकुमानथिङ तामाङलाइ सर्वसम्मत रुपमा चयन गरिएको हो ।
महाधिबेशनले बरिष्ठ उपाध्यक्षमा श्रीभक्त गुरुङ, उपाध्यक्षहरुमा केबी शेर्पा, शिशिर लिम्बू, थानु राना मगर, र महिला उपाध्यक्षमाप्रमिला गौचन महासचिवमा प्रमिला राई, सचिवमा बालविक्रम तिगेला, कोषाध्यक्षमा कान्छा लामा (शेर्पा), प्रवक्तामा भविन्द्र कुलुङ रसदस्यहरुमा क्रमश युवराज लावाती, नरेश राई, मनिष थापा मगर चयन भएका छन भने अन्य महिला सचिव सदस्य गरि बांकिकार्यसमिति संघीय परिषदले मनोनित गर्ने भएको छन ।
त्यसैगरि अध्यक्ष प्रत्याशी हाललाई रित राना मगरलाईसल्लाहकारमा मनोनित गरेको छ ।
महाधिवेशनको बन्द सत्रबाट आर्थिक र प्रगति प्रतिवेदन पारित गरि नयाँ नेफिन जापान संघीय परिषद सचिवालय सर्वसहमत रूपमाथियो । कोषाध्यक्षको अनुपस्थिति रहकोले महासचिव शिशिर लिम्बुलेनै प्रस्तुत गर्नुभएको थियो । महासचिव लिम्बुले अधिबेशन खर्चसमाबेश गरेर यही अप्रिल ४ तारिख एक कार्यक्रमका बीच बरबुझारत गर्ने समेत जानकारी दिनुभयो ।
नेपालमा संघीयताको बर्तमान अबस्थाबारे बहस
यसैवीच नेफिन जापानले १८ औ महाधिबशेनको संघारमा नेपालमा संघीयताको बर्तमान अबस्थाबारे बहस कार्यक्रम आयोजना गरेकोछ । अतिथिबक्ताहरु मानवशास्त्री डा. संग्राम सिह लामा,मिराक अध्यक्ष लोकतान्त्रिक राष्ट्रिय मंच मा. कुमार लिङ्देन,स्वास्थ्य मन्त्री प्रदेश नं. १का निर्मलालिम्बू ,प्रा.डा. महेन्द्र लावती राजनीतिक विश्लेषक डा. के.के. राई ,राजनीतिक विश्लेषक दिपक तुलाघर र मोफसलमा रहेर पत्रकारिता गरिरहनुभएका बरिष्ठ पत्रकार भवानी बरालले नेपालमा संघीयताको बर्तमान अबस्थाबारे आफ्नोप्रस्तुतिहरु राख्नुभएको थियो ।
सम्मान मायाको चिनो प्रदान
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले १८ औं महाधिवेशनकै अवसरमा संस्थालाइ हर तवरबाट सहयोग पुराउनुभएकाब्यक्तित्वहरुलाइ मायाको चिनो प्रदान गरी सम्मान गरेको छ ।
सम्मानित हुने ब्यक्तित्वहरुमा नेपाली समुदायको बिकास र सहयोग गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएकोमा नेपाली दुताबासटोकियोका राजदूत डाक्टर दुर्गाबहादुर सुवेदी र गैरआवसिय नेपालि संघ एनआरएन जापान एव महासंघलाई विशिष्ट योगदान र लगातार ५ पल्ट थकाली सेवा समिति जापानका अध्यक्ष हुनु भएकोमा थकाली सेवा समिती जापानका अध्यक्ष बुद्दी गौचनलाई स्वर्ण पदक प्रदानगरी सम्मान गरिएको थियो भने त्यस्तै नेफिन जापानले डा महाबिर पुनले संचालन गर्नुभएको राष्ट्रिय आविष्कार केन्द्र सहयोगार्थ हालै आयोजना गरेको सांस्कृतिकसाँझमा आर्थिक सहयोग गर्नुभएका नेपाली समाज जापानका अध्यक्ष पेम्वा शेर्पा र पत्रकारितामार्फत सहयोग पुराउनुभएका पत्रकारहरुक्रमश नेपाल जापान डटकममा सम्पादक आनन्द कोइराला, नेपाल न्युज डटकमका प्रधान सम्पादक राजन गौतम, टेप न्युज डटकमका सम्पादक सजिना मोक्तान र आफ्नै न्युज डटकमका सम्पादक फुर्वा शेर्पा रहेका छन ।