सत्ता गठबन्धनको भागबण्डा मिल्यो, बिहीबार मन्त्रिपरिषद् विस्तार

काठमाडौँ — सरकार विस्तारका लागि सत्तारुढ गठबन्धन दलहरूबीच सहमति जुटेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो ।

बैठकमा सहभागी जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ ।

यद्यपि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन । यस्तै बिहीबार नै मन्त्रिपरिषद्‍ विस्तार गरी मन्त्रीहरूलाई शपथग्रहण पनि गराउने तयारी भएको श्रेष्ठले जानकारी दिए ।

पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई स्वतन्त्रसहित १० दलले विश्वासको मत दिएका थिए ।

ताजा समाचार