अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता
टोकियो
नेपाल आदिवासी जनजाति महासंघ जापानको मार्च २६ तारिक टोकियोमा हुने १८ औ महाधिबेशनको तयारी पुरा भएको छ ।
“पहिचान सहितको संघीयता र स्वयात्तताको लागी संविधान संशोधन हाम्रो आन्दोलन , अधिकार प्राप्तिका लागी जापानबासी आदिवासी जनजातीहरु बिच नविन सहमति सहितको १८ औ महाधिबेशन” मुल नाराका साथ हुन लागेको महाधिबेशनको तयारीहरु सकिएको नेफिन अध्यक्ष संजिव राइले आईतबार टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका हुन ।
नेफिन अधिबेशनमा जातिय संस्थाहरु थकाली सेवा समिति जापान ,नेपाल मगर संघ जापान ,तमु धीं जापान,नेपाल तामाङ समाज जापान,किरात राई यायोख्खा जापान, किरात याक्थुङ चुम्लुङ जापान ,शेर्पा संघ जापान ,नेवा: खल जापान ,थारु कल्याणकारी सभा जापान ,नेपाल थामी समाज जापान गरी १०वटा एकल जातिय संस्थाहरु आबद्द रहेका छन । ति १० मध्ये नेफिन जापानमा नवीकरण गराएका ८ वटा एकल जातिय संस्थाहरुले मात्र भोट हाल्न पाउने भएको छ ।
अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता
अध्यक्ष पदको लागि तमु धीं जापानका पूर्व अध्यक्ष तथा संरक्षक श्री गुरुङ, राई याक्थुङ चुम्लुङ जापानका सल्लाहकार तथा नेफिन जापानका वर्तमान महासचिव शिशिर निङलेकु लिम्बु, नेपाल तामाङ समाज जापानका पूर्व अध्यक्ष एवं सल्लाहकार कर्मा वाङगेल लामा, नेपाल मगर संघ जापानका सल्लाहकार तथा बर्तमान नेफिन जापानका उपाध्यक्ष रित राणा मगरले उम्मेदवारी दर्ता गराएका छन ।
अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेपनि नेफिन जापानमा अहिले सम्म सर्वसम्मतिले नेतृत्व छानिएको बताउदै उम्मेद्वारी परेपनि सहमतिको प्रयास भइरहेको निर्वाचन समितिका संयोजक ओम गुरुङले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेफिन जापान महासचिव शिशिर निङलेकु लिम्बले नेफिन जापान को १८ औं महाधिवेशनको संघारमा पहिलो चरणमा नेपालमा संघीयताको वर्तमान अवस्थाबारे जूम भर्चुवल बहस कार्यक्रमऽ दोस्रो चरण नेफिन जापान को १८ औं महाधिवेशनको उद्घाटन कार्यक्रम (औपचारिक कार्यक्रम)तेस्रो चरण नेफिन जापान को १८ औं महाधिवेशनको बन्द शत्र कार्यक्रम औपचारिक कार्यक्रमहरु विधान संसोधनबारे बैठक जूम भर्चुवल मार्फत मार्च २१ तारिख मंगलबार गर्ने समेत जानकारी दिनुभयो।
पत्रकार सम्मेलन नेफिन जापानका अध्यक्ष संजिव राईको सभापतित्वमा एवं संस्थापक अध्यक्ष ओम गुरुङको प्रमुख आतिथ्यत्वमा सम्पन्न भएको थियो ।