टोकियो
जापानमा हृदयघात भई मृत्युभएका गलकोट नगरपालिका वार्ड नम्बर ७ का ४३ वर्षीय पदमबहादुर चोखालको शनिबार जापानमा नै अन्तेष्टि सम्पन्न भएको छ ।
विगत १४ वर्षदेखि जापानमा कार्यरत चोखाल मंगलबार आफ्नो आफ़नो नियमित कामबाट घर फर्केर श्रीमतिसंगै खाना खाएर सुतेका चोखाल मृत अवस्थामा भेटिएका थिए ।
जापानको सिनागावा नजिकै श्रीमतिसंगै बस्दै आएका चोखालको नेपालमा एक छोरी रहेकी छन ।