Homeजापान विशेष

जापान विशेष

कोरोना पिडित पूनलाई मोना/बिम समाज जापानद्वारा पांचलाख आर्थिक सहयोग हस्तान्तरण

टोकियो जापानको चिवा प्रान्तको चुचिउरा दाइकितामा बस्दै आउनु भएका म्याग्दी मालिका गा.पा.५ रुम निवासी ज्ञान पुनलाई उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । करिब दुई...

किरात याक्थुङ चुम्लुङ, जापानमा सुदीप पालुङ्वाको अध्यक्षतमा नयॅा कार्यसमिति निर्वाचित(फोटो सहित)

टोकियो किरात याक्थुङ चुम्लुङ, जापानको पाँचौं महाधिवेशन ‘कियाचु’बाट सुदीप पालुङ्वाको अध्यक्षतमा नयॅा कार्यसमिति निर्वाचित गरेको छ।  निर्वाचित कार्यसमितिको अध्यक्षमा   सुदीप पालुङ्वा,उपाध्यक्ष – देवेन्द्र लाओती, मनकुमार तुम्सा,लक्ष्मीहाङ आङ्बो,बालविक्रम तिगेला, अपेक्षा येङदेन,हरेन्द्र नाल्बो, आकाश तुम्बापो त्यसैगरी महासचिव मुक्साम लावोती, उप–महासचिव नरेश योङहाङ,सचिव किशोर आङ्बुहाङ, रेखा तुम्बाहाङ्फे,इन्द्रदीप आङ्देम्बे,लाखध्वजमादेम्बा र युवराज लावोती चयन भएका छन ।  समितिको कोषाध्यक्षमा सन्दीपकुमार चेम्जोङ सहकोषाध्यक्ष  बालकिशोर चेम्जोङ सहित सदस्यहरुमा बुद्धिमान लिम्बू ‘जलन’,सानु योङहाङ,कृष्ण थाम्देन,दुर्गा नेम्वाङ,राजन पन्धाक,लासेमी केरूङ,खेम मिभक,बन्दना चेम्जोङ,सेसेहाङतुम्रोक,सुमन सिँगू,अभिषेक आङ्बो, सुवास खुदाङ,सोनिया पयाङ्गू,विमल लिवाङ,रीतादेवी सम्बाहाङ्फे,लोकेन नेयोङहाङ,दीपसिंधावा,सुजल लिम्बू,हरि लुम्फङ्वा,सुजन आङ्बो,देवेन जवेगू,नविन वनेम,सन्तोष लिम्बू र कल्पना चेम्जोङ निर्वाचित भएको निर्वाचन समितिका सदस्य सचिव देवीबहादुर इङ्नामले जानकारी दिएका छन । किरात याक्थुङ चुम्लुङ नेपालका केन्द्रीय अध्यक्ष योगराज वनेमको प्रमुख आतिथ्यतामा  ३१ अक्टोबर खुल्ला सत्र सम्पन्न भएपनिकार्यसमिति धोषण हुन सकेको थिएन ।  नोभम्बर २१ मा सम्पन्न सभाले पाचौ अधिवेशनबाट सुदिप पालुङगाको अध्यक्षमा नयॅा कार्यसमिति निर्वाचित गरेको हो । 

पून क्लब जापानको आयोजनामा पहिलो पटक खुल्ला बास्केटबल प्रतियोगिता सम्पन्न(फोटो सहित)

टोकियो पून क्लब जापानको आयोजनमा सम्पन्न भएको पहिलो बास्केटबल प्रतियोगितामा एब्सुलेट जापान बिजेता बनेको छ ।  जापानमा बस्ने नेपाली बास्केटबल खेलाडीहरुको आवस्यकतालाई  मध्य नजर गर्दै पून क्लब जापानले जापानमा पहिलो पटक खुल्लाबास्केटबल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको विजेता टोलि एब्सुलेट जापानले आयोजक पून क्लबलाई पराजित गर्दै दुई लाख पचास हजार एन प्राप्त गरेको छभने रनरअप पून क्लब जापानले एक लाख पचास हजार प्राप्त गरेको छ ।  कुल १८ टिमको सहभागिता रहेको प्रतियोगितामा अनुशासित टिमको पुरस्कार जिकोस टिमले प्राप्त गरेको छ ।  प्रतियोगिता साईतामाको हायु स्पोर्टस सेन्टरमा सम्पन्न भएको प्रतियोगितामा वेष्ट खेलाडी पून क्लब जापानका  मनोज चोचाङगी पूनघोषित भएका छन भने हाई स्कोरर एब्सुलेट जापानका गौरव बन्न सफल भएका छन ।  जापानिज रेफ्रिहरुद्दारा संचालन गरिएको प्रतियोगितामा पून क्लव जापानका कलाकारहरुले नेपाल गित संगित प्रस्तुत गरेका थिए । 

जापानको ओकिनावामा कर्णाली प्रदेश समाजद्वारा सरसफाई सम्पन्न

टोकियो कर्णाली प्रदेश समाज जापान क्षेत्रीय समिति ओकिनावाको आयोजनमा कोकुसाई क्षेत्रमा सरसफाई सम्पन्न भएको छ । कर्णाली प्रदेशबाट आई जापानमा बसोबास गर्ने कर्णालीबासिको सस्था कर्णाली समाज ओकिनावा क्षेत्रको आयोजनामा सम्पन्नसरसफाई कार्यक्रममा ओकिनावामा बसोबास गर्ने नेपालीहरुको सहभागितामा सम्पन्न भएको ओकिनावा क्षेत्रका संयोजक भिमन्यौपानेले जानकारी दिनु भयो । ओकिनावा क्षेत्रिय समितिको आयोजनामा गएको आईतबार जापानको ओकिनावा स्थित कोकुसाई एरिया भित्र सरसफाई कार्यक्रमाउपस्थित भई नेपालीहरुको परिचय दिन सहयोग पुर्याएकोमा समाजका जापान अध्यक्ष कृष्ण शाहीले सहभागी सहैमा आभार ब्यक्तगरेका छन । 

जनप्रगतिशील मञ्च जापानको विभिन्न क्षेत्रीय समितिमा पदाधिकारीहरु चयन कान्तोमा बर्तौला

टोकियो नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार टोकियोमा सम्पन्न अधिवेशनले गोर्कण बर्तौलाको...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने