टोकियो
कर्णाली प्रदेश समाज जापान क्षेत्रीय समिति ओकिनावाको आयोजनमा कोकुसाई क्षेत्रमा सरसफाई सम्पन्न भएको छ ।

कर्णाली प्रदेशबाट आई जापानमा बसोबास गर्ने कर्णालीबासिको सस्था कर्णाली समाज ओकिनावा क्षेत्रको आयोजनामा सम्पन्नसरसफाई कार्यक्रममा ओकिनावामा बसोबास गर्ने नेपालीहरुको सहभागितामा सम्पन्न भएको ओकिनावा क्षेत्रका संयोजक भिमन्यौपानेले जानकारी दिनु भयो ।
ओकिनावा क्षेत्रिय समितिको आयोजनामा गएको आईतबार जापानको ओकिनावा स्थित कोकुसाई एरिया भित्र सरसफाई कार्यक्रमाउपस्थित भई नेपालीहरुको परिचय दिन सहयोग पुर्याएकोमा समाजका जापान अध्यक्ष कृष्ण शाहीले सहभागी सहैमा आभार ब्यक्तगरेका छन ।