टोकियो
नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ ।
शनिबार टोकियोमा सम्पन्न अधिवेशनले गोर्कण बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा सुनिल देवकोटा, सागर कार्की, हरिचन्द्र बाँस्तोला, मिलन गैरे, गोपाल पाण्डे र रेशम केसी, सचिवमा निरोज पाण्डे सहसचिवमा जीवन पाण्डे र जनकलाल लामा कोषाध्यक्षमा कुमार कोइराला र सहकोषाध्यक्षमा विनोद ढकाल चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा गोकुल भट्ट, सन्तोष सापकोटा, अनुज केसी, प्रविन मगर, रवीन्द्र पाण्डे, तेजबहादुर थिङ, खगेन्द्रप्रसाद ढकाल, महाश्रम भण्डारी, अनिश रायमाझी, ताराबहादुर कार्की, विष्णुकुमार आङदाङ्वे चयन भएका छन् ।
कार्यक्रममा जनप्रगतिशील मञ्च जापानका केन्द्रीय पूर्व अध्यक्ष अरुण कुमार श्रेष्ठ, अध्यक्ष हवलचन्द्र लामा, पूर्वी एसिया समिति सदस्य भवानी पन्त र रामहरि पुडासैनी, एनआरएनए आइसिसी सदस्य श्रवणकुमार सत्याल, सङ्गठन विभाग प्रमुख तथा सदस्यता वितरण उपसमितिका केन्द्रीय संयोजक बाबुराम पौडेल, प्रचारप्रसार उपसमिति संयोजक श्यामहरि पाण्डे, जनप्रगतिशील मञ्चका पूर्व केन्द्रीय सचिव जनक सुवेदी, कान्तो क्षेत्रीय समितिका इन्चार्ज दावा शेर्पालगायतले बधाईका साथ शुभकामना दिएका थिए ।
यसैगरी मंचको फुकुओका, ओसाका र नागोयामा पनि अधिवेशन सम्पन्न भएको छ ।


