पून क्लब जापानको आयोजनामा पहिलो पटक खुल्ला बास्केटबल प्रतियोगिता सम्पन्न(फोटो सहित)

टोकियो

पून क्लब जापानको आयोजनमा सम्पन्न भएको पहिलो बास्केटबल प्रतियोगितामा एब्सुलेट जापान बिजेता बनेको छ । 

जापानमा बस्ने नेपाली बास्केटबल खेलाडीहरुको आवस्यकतालाई  मध्य नजर गर्दै पून क्लब जापानले जापानमा पहिलो पटक खुल्लाबास्केटबल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको विजेता टोलि एब्सुलेट जापानले आयोजक पून क्लबलाई पराजित गर्दै दुई लाख पचास हजार एन प्राप्त गरेको छभने रनरअप पून क्लब जापानले एक लाख पचास हजार प्राप्त गरेको छ । 

कुल १८ टिमको सहभागिता रहेको प्रतियोगितामा अनुशासित टिमको पुरस्कार जिकोस टिमले प्राप्त गरेको छ । 

प्रतियोगिता साईतामाको हायु स्पोर्टस सेन्टरमा सम्पन्न भएको प्रतियोगितामा वेष्ट खेलाडी पून क्लब जापानका  मनोज चोचाङगी पूनघोषित भएका छन भने हाई स्कोरर एब्सुलेट जापानका गौरव बन्न सफल भएका छन । 

जापानिज रेफ्रिहरुद्दारा संचालन गरिएको प्रतियोगितामा पून क्लव जापानका कलाकारहरुले नेपाल गित संगित प्रस्तुत गरेका थिए । 

I
I

ताजा समाचार