टोकियो
बागमति प्रदेश सरकारका भौतिक पूर्बाधार विकास मन्त्री युवराज दुलाल र जापानका विदेश सहायक मन्त्री फुमिजो टोलीबीच शुक्रबार भेटवार्ता सम्पन्न भएको छ ।
भेटका...
टोकियो
जापानबाट संचालित एसबिआाई(SBI) रेमिटले दशै र तिहारको अवशरमा आफ्ना ग्राहकहरुलाई “दसैँतिहार विशेष क्यान्पेन”अन्तरगत आकर्षक गिफ्ट ह्याम्पर योजना सार्वजानिक गरेको छ।
एसबीआई रेमिटले बिहिबार टोकियोमा...
टोकियो
प्रबासी नेपालि एकता समाज (PANAS)जापानको अध्यक्षमा नविन चन्द चयन भएका छन ।
मंगलबार टोकियोमा सम्पन्न भएको भेलाले नविन चन्दलाई अध्यक्ष बरिष्ठ उपाध्यक्ष लक्ष्मण ढकाल,उपाध्यक्ष तथा प्रवक्तामा उज्जवलगुरागाँई
उपाध्यक्ष उमा खड्का ,महासचिव सुवर्ण भट्ट सचिव विशाल विक्रम शाहि,कोषाध्यक्ष सन्दिपा सेढाई ,सह-कोषध्यक्ष दिपक दहालसदस्यहरुमा भरत बम, बसन्त लामा,सन्तोष थापा,सरु पाण्डे,सरिता पुरकोटि,उत्तम जोशि,ललित ऐर,निराजन मल्ल,अग्नीमा शाही र जय बहादुर खड्कालाई कार्यसमितिमा चयन गरेको छ ।
राष्ट्रीय प्रजातन्त्र पार्टी राप्रपाका केन्दीय उपाध्यक्ष उद्धव पौडेल प्रमुख आतिथ्यमा र राप्रपाका नेता एवं पुर्व केन्द्रीय सदस्य कलेन्द्र विक्रमशाहिको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले नयां कार्यसमिति सहित प्रबासि नेपालि एकता समाज जापान गठन गर्दै नबिनराप्रपाको अबधारणालाई जापान भरि प्रचार प्रसार तथा क्षेत्रिय समितिहरु गठन गर्नका लागिPANAS ICC का केन्द्रीय उपाध्यक्षरघुदिप खड्कालाई जिम्मेवारी तोकिएको छ ।
टोकियो
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको चौथो अधिवेशनबाट पुन: अध्यक्षमा फुर्वा शेर्पाको अध्यक्षमा निर्वाचित गरेको छभने १३ सदस्य रहेको कार्यसमिति चयन गरेको छ...
लण्डन
गैरआवासीय नेपाली संघ (एनआरएनए) आगमी कार्यकालका लागि जापानका महेश श्रेष्ठले लोकतन्त्रको जननी भनेर चिनिने बेलायत(युके) बाट अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
आगमी अक्टोबर १७-१९ तारिख काठमाडौमा हुने विश्व सम्मेलनमा वर्तमान उपाध्यक्ष समेत रहेका श्रेष्ठले एनआरएनए अहिले निकैविषम परिस्थितिमा रहेको भन्दै सहमतिको आधारमा संस्थालाई अगाडी बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताउनु भयो उहांलेविगतमा सहमतिको वतावरण बनाउन आफ्नो भूमिका अहम रहेको भन्दै सके सहमतिमा नभए प्रजातान्त्रिक अभ्यासमा भएपनि आफ्नोउम्मेदवारी रहेने जानकारी सहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।
एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आइतबार अल्डरशटमा आयोजित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठलेबेलायतबाट आफ्नो उम्मेदवारी घोषणा गर्दै प्रजातन्त्रको जननी देश युकेबाट अध्यक्ष पदको घोषणा गर्न लन्डन आईपुगेको बताउनु भयो ।
उहाले काठमान्डौमा विस्तृत एजेन्डा र योजना सहित छिट्टै नै औपचारिक घोषणा गर्ने पनि जानकारी दिनु भयो ।
संघका महासचिव डा. केशव पौडेलले आफू अध्यक्ष पदको आकांक्षी हुँदै गर्दा पनि संघको बृहत् एकतालाई ध्यानमा राखी एक कदमपछाडी हटेर भए पनि अब केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताउनु भयो पौडेलले सहमतिको आधारमा नयाँ नेतृत्वचुन्न आग्रह गर्दै संघलाई एकजुट गरेर अगाडी बढाउन सक्ने उम्मेदवार महेश श्रेष्ठ भएको भन्दै आफुले अध्यक्ष पदमा श्रेष्ठलाई समर्थनगर्ने घोषणा गर्नु भयो ।
संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले तीनजना अध्यक्ष भए पनि आफुहरुले संस्थाको मर्यादा जोगाएर काम गरीरहेको बताउनु भयो
।
यसैगरी महासचिव पदमा उम्मेदवारी घोषणा गरेका एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी, एनआरएनएको सचिव पदमाउम्मेदवारी घोषणा गरेका एनसीसी पोर्चुगलका पूर्व अध्यक्ष भिम कमल केसी, एनआरएनए क्यानाडाका पूर्व अध्यक्ष दिपक गौतम,
एनआरएनएका उप महासचिवद्वय रामशरण सिम्खडा, गङ्गाधर गौतम, युरोप उपसंयोजकद्वय दयानिधि शर्मा तथा कृष्ण तिमल्सेना, युरोप युवा उपसंयोजक रोवर्ट लिम्बु, पूर्व सल्लाहकार विश्वआदर्श पण्डित, जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङ, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी, पूर्व आइसीसी सदस्य अनुजा प्रधान, प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्ग भद्रभुसाल, नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष चिरन शर्मा लगायतले शुभकामना दिनु भयो।
गैर आवासीय नेपाली संघको ग्लोबल सम्मेलन आउँदो अक्टोबर १७-१९ तारिख काठमाडौमा हुँदैछ ।