टोकियो
तमू धीं जापानको आयोजनमामा हुने २९औं ल्होसार साँझका लागि गायिका सविना गुरुङ एवं गुरुङ चलचित्रका कलाकार बल बहादुर गुरुङलाई शनिबार नारिता बिमानस्थलमा तमूधीं...
सेवाग्राहीको बाक्लो उपस्थिती, नागोयामा ६ सय ६५ जनाले लिए सेवा
टोकियो
जापानस्थित नेपाली राजदूतावासले घुम्ती सेवा मार्फत नागोयामा आयोजना गरेको घुम्ती शिविरमा मार्फत ६...
टोकियो
नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा उदाएका निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र...
टोकियो
जापानमा स्थापना भएको पुरानो सस्था तमु धीं जापानले गुरुङ समुदायको नयाँ बर्षमा ल्होसार जनवरी ४ तारिक टोकियोमा मनाउनेभएको छ ।
ल्होसारको २९ औं श्रृखलामा लोकदोहोरी गायिका सविना गुरुङ तथा चलचित्र कलाकार बल बहादुर गुरुङको उपस्थितीमा यस बर्षकोल्होसार मनाउने तमूधीं जापानका अध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिनुभयो ।
विरालो वर्गको विदाई र गिद्ध वर्गको स्वागतमा मनाईने ल्होसार तमु धीं जापानले ४ जनवरी २०२४ विहिबारको दिन दिउसो २ बजेबाट वेलुका ७ बजे सम्म ओन्सी पार्क सटेज उएनोमा आयोजन हुने ल्होसार सांझमा जापानमा रहेका कलकारहरुबाट गुरुङ संस्कार र गुरुङसंस्कृतिका विभिन्न झाँकी, छ्याढु, घाँटु सहित २९ औं तमु ल्होसार मनाउन लागेको कार्यक्रम संयोजक तथा उपाध्यक्ष अनिला तमुलेजानकारी दिनुभयो ।
जापानमा गुरुङ जातिको संस्कार र संस्कृतिलाई दोश्रो पुस्तासम्म लैजाने अभियान स्वरूप तमु धीं जापानले हरेक बर्ष ल्होसार, रोंधीसाँझ जस्ता गुरुङ जातिको मौलिक पर्वहरु निरन्तर मनाउदै आइरहेको छ । विगत केहि बर्षदेखि तमु धीं जापानले श्रष्ट सम्मान गर्दैआईरहेको क्रमलाई निरनतरता दिंदै यसपटक तमु हास्य कलकार बल बहादुर तमुलाई सम्मान गर्ने भएको छ । र सम्मान ग्रहणको लागितमु धीं जापानले बल बहादुर तमुलाई निमन्त्रण गरिसकेको महासचिव खेम तमुले जानकारी दिनुभयो ।
आउदै गरेको तमुहरुको महान पर्व ल्होसारको अवसरमा तमुधींले आयोजना गरेको ल्होसार कार्यक्रममा उपस्थित भई सहभागिताजनाईदिन तमूधी जापानले सबैमा अनुरोध गरेको छ ।
(गुरुङ(तमू) हरुको २९ औ ल्होसार सांझको निष्पक्ष न्यूज डट कम मिडिया सहयात्री रहेको छ )
टोकियो
जापानमा बस्दै आइरहेका रोबिन शेरचन गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए, आइसिसि-NRNA, ICC) को आगामी दुई वर्षीय कार्यकाल (२०२३-२५) का लागि उपाध्यक्ष...