टोकियो
नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा उदाएका निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र ‘दिमाग खराब’ जापानमा पनि प्रर्दशन हुने भएको छ ।
नेपालमा कार्तिक महिनाबाट प्रदर्शन भएको चलचित्रले घरेलु बजारमा राम्रो व्यापार गरिरहेको निर्माता रौनकविक्रम कँडेलले जानकारी दिए। “चलचित्रलाई दर्शकले नै सिफारिस गर्नुभएपछि चलचित्र सफल भएको हो ।
जापानको टोकियोमा जनवरी १४ मा प्रर्दशन गर्ने तयारी रहेको नेपाली चलचित्र दिमाग खराबको तयारी शुरु गरिएको सुभास लामिछानेले जानकारी दिएका छन । लामिछानेका अनुसार २०२४ को जनवरी १४ तारिकमा टोकियोको मेगुरो कुमिन सेन्टरमा सांझ ६ बजेबाट प्रर्दशन गरिने भएको हो ।
चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् ।