जापानमा रहेका गुरुङ समुदायले जनवरी ४ तारिखमा गायिका सविना गुरुङको प्रस्तुतीमा ल्होसार मनाउने, तयारी तिब्र 

टोकियो

जापानमा स्थापना भएको पुरानो सस्था तमु धीं जापानले गुरुङ समुदायको नयाँ बर्षमा ल्होसार जनवरी ४ तारिक टोकियोमा मनाउनेभएको छ । 

ल्होसारको २९ औं श्रृखलामा लोकदोहोरी गायिका सविना गुरुङ तथा चलचित्र कलाकार बल बहादुर गुरुङको उपस्थितीमा यस बर्षकोल्होसार मनाउने तमूधीं जापानका अध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिनुभयो । 

विरालो वर्गको विदाई र गिद्ध वर्गको स्वागतमा मनाईने ल्होसार तमु धीं जापानले ४ जनवरी २०२४ विहिबारको दिन दिउसो २ बजेबाट  वेलुका ७ बजे सम्म ओन्सी पार्क सटेज उएनोमा आयोजन हुने ल्होसार सांझमा जापानमा रहेका कलकारहरुबाट गुरुङ संस्कार र गुरुङसंस्कृतिका विभिन्न झाँकी, छ्याढु, घाँटु सहित २९ औं तमु ल्होसार मनाउन लागेको कार्यक्रम संयोजक तथा उपाध्यक्ष अनिला तमुलेजानकारी दिनुभयो ।

जापानमा गुरुङ जातिको संस्कार र संस्कृतिलाई दोश्रो पुस्तासम्म लैजाने अभियान स्वरूप तमु धीं जापानले हरेक बर्ष ल्होसार, रोंधीसाँझ जस्ता गुरुङ जातिको मौलिक पर्वहरु निरन्तर मनाउदै आइरहेको छ । विगत केहि बर्षदेखि तमु धीं जापानले श्रष्ट सम्मान गर्दैआईरहेको क्रमलाई निरनतरता दिंदै यसपटक तमु हास्य कलकार बल बहादुर तमुलाई सम्मान गर्ने भएको छ । र सम्मान ग्रहणको लागितमु धीं जापानले बल बहादुर तमुलाई निमन्त्रण गरिसकेको महासचिव खेम तमुले जानकारी दिनुभयो ।  

आउदै गरेको तमुहरुको महान पर्व ल्होसारको अवसरमा तमुधींले आयोजना गरेको ल्होसार कार्यक्रममा उपस्थित भई सहभागिताजनाईदिन तमूधी जापानले सबैमा अनुरोध गरेको छ । 

(गुरुङ(तमू) हरुको २९ औ ल्होसार सांझको निष्पक्ष न्यूज डट कम मिडिया सहयात्री रहेको छ )

ताजा समाचार