एसबीआई रेमिटले प्रत्येक दिन २ भाग्यशाली ग्राहकलाई दशै तिहारमा विशेष उपहार दिने

टोकियो

जापानबाट संचालित एसबिआाई(SBI) रेमिटले दशै र तिहारको अवशरमा आफ्ना ग्राहकहरुलाई “दसैँतिहार विशेष क्यान्पेन”अन्तरगत आकर्षक गिफ्ट ह्याम्पर योजना सार्वजानिक गरेको छ।

एसबीआई रेमिटले बिहिबार टोकियोमा आयोजना संचारकर्मी हरुसगको भेटघाटमा कार्यक्रममा रेमिटले “चाड -पर्व धमाका” योजना अन्तरगत यहि अक्टोबर १ तारिखबाट सुरु भई नोभेम्बर ३० तारिखसम्म संचालन हुने एसबिआई रेमिटका बजार निर्देशक तिर्थ कार्किले जानकारी दिनुभयो । कार्किका अनुसार यस योजना अन्तर्गत (दशैतिहारगरी दुई महिनामा १ सय जना भाग्यशाली ग्राहक(रेमिटकर्ताहरु)ले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन ।

एसबीआई रेमिटको यस क्यान्पेन अबधीमा एसबीआई रेमिट मार्फत पैसा पठाउनेहरु लक्की ड्रबाट हरेकदिन २ जनालाई ५ देखि ६ हजार येन बरारबरको चाडपर्वमा विशेष खाद्य समाग्रीहरु समावेश गरिनेछ।

यस बाहेक एसबीआई रेमिटका लसन क्याम्पेन तथा तोमोदाची स्योखाई क्याम्पेन जस्ता आफ्ना ग्राहकवर्ग लक्षित विशेष लाभका योजनाहरु संचालनमा छन्।

एसबीआई होल्डिङ्स माताहतको एसबीआई रेमिट जापानको वितिय निति नियम अनुसार संचालनमा रहेको एक विश्वसनीय र भरपर्दो रेमिट्यान्स कम्पनी हो ।

थप जानकारी www.remit.co.jp मा हेर्नसक्नु हुनेछ ।

ताजा समाचार